काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएर हराएका सबै विज्ञप्ति फेरि देखिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/मा अपलोड भएका प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएको’bout लगायतका विज्ञप्ति हराएपछि आम चासो बढेको थियो । यसलाई राष्ट्रपति कार्यालयलृ समेत गम्भीरतापूर्वक लिँदै चासो लिएको थियो ।
अपलाृड भएका सबै सूचना हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले बताएका थिए ।
राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू हराएपछि राष्ट्रपति कार्यालयले वेबसाइट डेभ्लपर्सलाई के भएको हो भनी सोधेको थियो। । जवाफमा सो डेभ्लपर्सले सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको जानकारी दिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)