लकडाउनमा ६ लेन सडक धमाधम निर्माण

इटहरी । रानी–विराटनगर–इटहरी–तरहरा–धरानसम्मको ६ लेन सडक लकडाउनकाबीच पनि तीव्र रुपमा विस्तार भइरहेको छ ।

सडक विस्तार आयोजनाले हाल इटहरीको मुख्य चौक आसपास, हलगडा तथा तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म निर्माणको कामलाई तीव्रता दिएको हो । लकडाउनका बीच काम गर्न सहज हुने भएकाले कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बद्रीप्रसाद शर्माका अनुसार अहिले इटहरीको विराटनगर लाइनमा ड्रेनको काम भइरहेको छ । त्यस्तै, अन्यत्र ठाउँमा भने पिँचको काम धमाधम निर्माण भइरहेको छ । ‘पुरानो ठेक्का लागेका ठाउँमा अहिले पिँचको काम गरिरहेका छौँ,’ शर्माले भने, ‘नयाँ ठेक्का लागेका ठाउँमा माटो पुर्ने काम भइरहेको छ ।’ उनका अुनसार काम गर्न सहज भएपनि निर्माणका सामाग्री आवतजावत र मानिसहरु हिँडडुल गर्न नपाउँदा भने समस्या भइरहेको छ । उनले भने, ‘सार्वजनिक गाडी नचल्दा काम गर्न त केहीहदसम्म सहज छ, तर निर्माणका सामाग्री र मजदुरहरु पनि हिँडडुल गर्न नपाउँदा अर्को समस्या पनि छ ।’ पुरानो लागेका सबै ठेक्काका काम यही असार मसान्तभित्र सक्नुपर्नेगरी सम्झौता भएपनि निर्माणमा केही बाधा हुने उनले बताए ।

‘विवाद भएका ठाउँमा अहिले पनि विवाद कायमै छ, सम्झौता अनुसार अहिले विभिन्न ठाउँमा १५ र २५ फुटको काम गरिराखेका छौँ,’ शर्माले राजधानीसँग भने, ‘असारसम्म मोटामोटी पिँच निर्माणको काम सकिन्छ, विवाद भएका ठाउँमा अहिले पनि उस्तै छ, हाम्रोपनि काम चाडैँ सक्ने योजना छ ।’

उनका अनुसार तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म भने चारकोश क्षेत्रमा चारलेनको मात्रै सडक निर्माण हुनेछ । चारकोशे क्षेत्रमा बस्ती नभएकाले फुटपाथ नहुने भएकाले चारलेन मात्रै निर्माण हुनेगरी ठेक्का लागेर काम सुरु भएको शर्माले जानकारी दिए ।

६ लेन सडक आयोजना अन्तर्गत सुनसरीको दुहबीदेखि तरहरासम्म ४ सय ५ वटा घर भत्काउनु पर्ने उनले बताए । उनका अनुसार इटहरी क्षेत्रमा १ सय ९७ र दुहबी क्षेत्रमा २ सय ८ वटा घर सडकको जग्गामा रहेका छन् । तर, अधिकांश घरधनीले अदालतबाट स्टे अर्डर ल्याएको कारण सडक विस्तार कार्य ठाउँ–ठाउँमा बाधा पुगेको छ । सडकको जग्गाभित्र बनेका भौतिक संरचना बारम्बार हटाउन निर्देशन दिँदा पनि कसैले नटेरेको आयोजनाले जनाएको छ । आयोजनाले स्थानीय पालिका तथा वडास्तरमा समेत समन्वय गरेर काम गरिरहेको भए पनि सडक विस्तारमा स्टे–अर्डर आउँदा समस्या भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी