Thursday, August 5, 2021
HomeNot-to-be-missedअगुएरो बार्सिलोना आउने

अगुएरो बार्सिलोना आउने

एजेन्सी,
sharethis

लन्डन । अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका कीर्तिमानी फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोना आउने भएका छन् ।

बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई दुई वर्षका लागि अनुबन्ध गरिएको बुझिएको छ । सिटीका सर्वाधिक गोलकर्ता (२५८) रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै छ ।

उनको केही दिनमा नै मेडिकल हुनेछ । मेडिकलमा पास भएलगत्तै उनलाई बार्सिलोनाले सार्वजनिक गर्ने योजना बनाएको छ । उनी बार्सिलोना आएसँगै अर्जेन्टिनाका दुई अन्तर्राष्ट्रिय फरवार्ड अगुएरो र कप्तान लियोनेल मेस्सी क्लब फुटबलमा एक साथ देखिने सम्भावना छ । अगुएरोको आगमनसँगै बार्सिलोनाले आफ्नो टोलीका कप्तान मेस्सीले पनि बार्सिलोनामा सम्झौता नवीकरण गर्ने आशा राखेका छन् । मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै छ । तर, बार्सिलोनामै मेस्सीको भविष्य अनिश्चित बनेको छ । रिपोर्टअनुसार यी फरवार्डले बार्सिलोना आउन आफ्नो पारिश्रमिक घटाएका छन् ।

अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिँदै आए पनि बार्सिलोनामा भएको नयाँ सम्झौताअनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउनेछन् । ला लिगामा अगुएरोको यो दोस्रो सिजन हुनेछ । यसअघि अगुइरो २०११ मा एट्लेटिको मड्रिड छाडेर सिटी पुगेका थिए ।

अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको मड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए । त्यसपछि म्यानचेस्टर सिटी पुगेका अगुएरोले १० सिजनमा ३८८ खेलमा २५८ गोल गरेका छन् ।

(Visited 79 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

बागलुङमा शंकाले तयार गर्छ सम्बन्ध विच्छेद

जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्षमा परेका मुद्दा मध्ये अधिकांस सम्बन्ध विच्छेदका छन् । कुल ३९६ वटा मुद्दा मध्ये १७० वटा मुद्दा सम्बन्ध विच्छेदका...

भिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो

काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

ट्रेन्डिङ

सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ । सरकार र...

छिमेकीको सार्वभौम संवेदनशीलतालाई मनन गर

जिल्ला प्रशासन बकार्यालय दार्चुला र भारतीय जिल्ला प्रशासन धार्चुलाबीच यो साता निकै गम्भीर विषयमा पत्राचार भएको छ । ३० असारमा धार्चुलास्थित भारतीय जिल्ला प्रशासनले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)