Thursday, August 5, 2021
Homeअर्थसिद्धबाबामा सुरूङमार्ग बनाउन ‘ग्लोबल टेन्डर’ आह्वान

सिद्धबाबामा सुरूङमार्ग बनाउन ‘ग्लोबल टेन्डर’ आह्वान

राजधानी समाचारदाता,
sharethis

 

बुटवल । ‘मृत्युमार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल– पाल्पा सडक खण्ड अन्तगर्त पर्ने पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया सुरू भएको छ । सुरूङमार्ग बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले आइतबार ‘ग्लोबल टेन्डर’ आह्वान गरेको हो । यो आयोजना तराईबाट पहाड जोडने सुरूङमार्ग हुनेछ ।

४५ दिनको समय सीमा दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागको उपमहानिर्देशक विजय जैशीले जानकारी दिए । आउँदो असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरूले बोलपत्र बुझाउनुपर्ने छ । सुरुङमार्गको योजना अर्थमन्त्री विष्णु पौडेलले ल्याएका हुन् । उनले अर्थमन्त्री भए पश्चात रूपन्देही आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अगाडि बढाउने विश्वास दिलाएका थिए ।

बहुप्रतिक्षित यो आयोजना लामो समयदेखि चर्चामा थियो । जैशीले भने, ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको हो । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ ।’ सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । गएको मंसिर १ गते सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ । पहिरोको उच्च जोखिमको क्षेत्र रहेकाले सिद्धबाबा सडकमा लामो समयसम्म सुरुङमार्ग निर्माण गर्ने चर्चा चलेको भएपनि पहिरो न्यूनीकरणका अन्य सम्भाव्यताहरुको समेत अध्ययन भइरहेकाले सुरू भएको थिएन ।

एमालेका महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले सुरूङ निर्माणका सबै प्रक्रिया सुुरु गरेर समयमै काम सुरु हुने बताए । ‘सुनौली–चीनसँगको कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो,’ पौडेलले भने, ‘रुपन्देही र पाल्पावासीका लागि मात्र होइन यो देशकै पहिलो र नमुना योजनाका रुपमा अगाडि बढेको योजना हो, सबैको साथले समयमै निर्माण सम्पन्न हुनेछ ।’ यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् ।

हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै मृत्यु हुुने गरेको छ । रुपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म यस क्षेत्र अत्यन्तै जोखिमपूर्ण छ । दैनिक ५ हजारभन्दा बढी सवारी साधान यो सडकबाट आवत जावत गर्छन । आयोजना बन्ने भएपछि यस क्षेत्रमा जनता खुसी भएका छन । टेन्डरसँग सुरूङ निर्माण प्रक्रियाको औपचारिक थालनी भएको हो । सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दी अघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड बनेको थियो । अहिले सुरुङमार्ग बाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नति गरिरहेको छ । दश वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ६० भन्दा बढी सवारी साधन दुर्घटनामा परेर पुरिएका सडक विभागको तथ्यांक छ । राष्ट्रिय महत्वको आयोजना बन्ने भएपछि साविक लुम्बिनी अञ्चलबासी खुसी भएका छन् ।

(Visited 120 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ ।...

महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

ट्रेन्डिङ

कैलाली कारागारका २ जना कैदीमा कोरोना संक्रमण

धनगढी । कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)