लकडाउनमा जन्ती बोकेको बस दुर्घटना, १६ घाइते

बारा । स्थानिय प्रशासनले लकडाउन गरेको बेला बारमा जन्ती बोकेको बस सोमवार दुर्घटना भएको छ ।

रौतहटको गुजरा नगरपालिका–६ बाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–१९, बहडिलवामा जाँदै गरेको ना ४ ख ४७४९ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालकिा–१६ डकाहामा खेतमा पल्टेको थियो ।

दुर्घटना हुँदा जन्ती बसमा सवार ३० जना मध्ये १६ जना घाईते भएका छन् । घाईते हुनेमा प्राय बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता गौतम मिश्रले जानकारी दिए ।

बसका सहचालक ३० वर्षिय मुस्ताक खानको दाहिने खुटा काटिएको उनले जानकारी गराए । घाईते १२ वर्षिय रियाजुल लहेरी , गौरीशंकर विश्वकर्मा, जाकिर लहेरी, आवास लहेरीको अवस्था गम्भिर रहेको छ । उनीहरु मध्ये केहीको टाउको, हाँत तथा खुट्टामा गहिरो चोट देखिएको छ । बाँकी अन्य घाईतेको अवस्था सामान्य रहेको बारा प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल कलैया र विरगंजको नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । बसका चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का ३० वर्षीय अखिलेश चौधरीलाई नियन्त्रणमा लिई दुर्घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर