रामोसले सामाजिक सञ्जालमार्फत स्वीकारे स्पेनको निर्णय

म्याड्रिड । युरोपेली च्याम्पियनसिपका लागि स्पेनले अन्तिम टोलीको घोषणा गर्दा नियमित कप्तान सर्जियो रामोस टोलीमा परेनन् । उनी शारीरिक रूपमा तयार नभएका कारण उनलाई टिममा नराखिएको हो । रामोसले आफू टोलीमा नपरेको विषयमा आफ्नो चोटको कारण भन्दै स्वीकारेका छन् । अबको दुई हप्तापछि युरोपेली च्याम्पियसिप हुँदै छ । उनी केही महिनादेखि चोटसँग लडिरहेका छन् ।

‘पछिल्लो केही महिना निकै कठिन रह्यो । निकै फरक रहेको यस सिजन अहिले आएर टुंगिएको छ । मैले निकै मिहिनेत गरेर रियल म्याड्रिड र स्पेनका लागि शतप्रतिशत दिए । तर, सधैं आफूले चाहेको जस्तो हँुदैन रहेछ,’ रामोसले भनेका छन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले आफ्नो टोलीलाई चोटका कारण धेरै सहयोग गर्न नसकेकोमा दुःख लागेको बताएका छन् ।

उनले स्पेनका लागि छनोट हुन नसक्नु पीडदायी क्षण भएको बताएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई दुःख लागेको छ कि मैले आफ्नो टोलीलाई धेरै सहयोग गर्न सकिन । स्पेनका लागि छनोट हुन नसक्नु निकै पीडादायी क्षण हो ।’ उनले पछिल्लो आफ्नो शारीरिक अवस्थाका कारण आफूले आराम गर्नुको विकल्प नभएको बताएका छन् । उनले आफ्नो फोकस शारीरिक रूपमा फिट रहन हुने बताए ।

रामोसले २०२०–२१ सिजनमा रियल म्याड्रिडका लागि २१ खेल मात्र खेल्न सके । जनवरीमा घुँडाको शल्यक्रिया गरेपछि उनले २ खेलमा खेले । उनलाई अझै पूर्ण फिट हुन समय लाग्ने बताइएको छ ।

देशको प्रतिनिधित्व गर्न नपाउँदा दुःख लागेको उनले बताएका छन् । उनले आफू इमानदार भएर सहकर्मी साथीहरूलाई यरोका लागि शुभकामनासमेत दिएका छन् । उनले घरमा नै बसेर राम्रो समर्थकका रूपमा प्रस्तुत हुने समाजिक सञ्जालमा लेखेका छन् । रामोस १७ वर्षदेखि स्पेनको पहिलो रोजाइमा परेका खेलाडी हुन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

फिल्डमा खटिने पत्रकारलाई पिपिई
काठमाडौंमा मास्क नलगाई हिड्ने ६० जनालाई कार्वाही
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार भन्दा बढी
दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु
वनका राजाको कोरोना रिर्पोट ‘नेगेटिभ’
पुरानै लयमा फर्किंदै प्रधानमन्त्री ओली

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी