अगुएरो बार्सिलोना जाने

बार्सिलोना । म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो बार्सिलोना जान सक्ने दाबी भएको छ । सिटीकै प्रशिक्षक पेप ग्वार्डिओलाले अगुएरो बार्सिलोना जाने सम्भावना रहेको दाबी गरेका भए पनि सर्जियोले यस विषयमा प्रस्ट पारेका छैनन् ।

उनले प्रिमियर लिगको अन्तिम खेलका रूपमा शनिबार एभर्टनविरुद्ध खेलेका थिए । एभर्टनलाई ५–० ले हराउँदा दोस्रो हाफमा मैदान प्रवेश गरेका अर्जेटिनाका खेलाडी अगुएरोले एक्लै २ गोल गर्न सफल भएका थिए । जसकाकारण उनी प्रिमियर लिगमा एकै क्लबलाई लागि सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड राख्न पनि सफल भए ।

ग्वार्डिओला बार्सिलोनाका पूर्वप्रशिक्षकसमेत हुन् । उनले अगुएरोको अबको गन्तव्य बार्सिलोना भएको दाबी गरेको एजेन्सीले जनाएका छन् । उनले आफूले गोप्यता भंग गरेको दाबीसमेत गरे । ‘सायद मैले गोप्यता भंग गरे होला । सम्भवतः उनी मेरो मुटुमा रहेको बार्सिलोनासँग सम्झौताको नजिक रहेका छन्,’ उनले बताएका छन् । ‘उनी विश्वकै सर्वकालीन उत्कृष्ट खेलाडी लिओनल मेस्सीका साथ खेल्न जाँदै छन्,’ उनले भने ।

बार्सिलोनामा उनले निकै रमाइलो गर्ने पनि ग्वार्डिओलाको अनुमान छ । अगुएरोको आबद्धतापछि अहिलको अवस्थाबाट अझै बलियो हुने उनले अनुमान गरे । एभर्टनको खेलपछि अगुएरोको ’bout बोल्दा ग्वार्डिओलाको आँखामा आँसु थियो । ‘हामी उनलाई एकदम माया गछौं । उनी सबैका लागि विशेष व्यक्ति थिए,’ उनले थपे, ‘हामी उनको स्रोत भर्ना गर्न सक्दैनौं । उनले आफ्नो स्तरीयता सधैं प्रमाणित गरेका छन् ।’

लिगको अन्तिम खेल सुरु हुनुअघि सम्मानस्वरूप सिटीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए । ६५औं मिनेटमा रियाद माहरेजको स्थानमा मैदान प्रवेश गरेका उनले ४ मिनेटपछि नै गोल गरे । फर्नान्डिन्होले पेनाल्टीक्षेत्र बाहिर खोसेको बललाई अगुएरोले आउटसाइड फुटबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ५ मिनेटपछि अगुएरोले फर्नान्डिन्होकै पासमा दोस्रो गोल गर्न सफल रहे ।

अगुएरोले अन्तिम खेलमा २ गोल गर्दै वायन रोनीले राखेको प्रिमियर लिग कीर्तिमानसमेत तोडेका छन् । रोनीले म्यानचेस्टर युनाइटेडका लागि १ सय ८३ गोल गरेका थिए । अगुएरोले समग्रमा १ सय ८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११÷१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । उनले क्विन्स पार्क रेन्जर्सविरुद्ध सो गोल गर्दै सिटीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका थिए । सो गोलका कारण नै म्यानचेस्टर युनाइटेड उपाधिबाट विमुख भएको थियो ।

त्यसयता अगुएरोले सिटीको जर्सीमा थुप्रै उपाधि जितेका छन् । घरेलु फुटबलमा एकपछि अर्को उपाधि जितेका उनले च्याम्पियन्स लिगमा भने सोही सफलता पाएनन् । अगुएरोसँग अब सो लक्ष्य पूरा गर्ने अवसर छ । सिटीले अर्को साता च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग खेल्दै छ ।

अगुएरोले आफैंले भने च्याम्पियन्स लिग सकिएपछि आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन् । यद्यपि, बार्सिलोनासँग उनको सम्झौता भइसकेको पनि जनाइएको छ । उनले फ्री ट्रान्सफरमा क्याटलान क्लब जाने निर्णय गरे पनि फाइनलपछि मात्र घोषणा गर्ने भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी