उदयपुरमा एकै दिन १३८ जना संक्रमित

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा अहिले सम्मकै सबै भन्दा बढी संक्रमित भेटिएका छन । बुधवार एकै दिन १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका मध्ये सबै भन्दा बढी त्रियुगामा ४८, कटारीमा २६, बेलकामा ७, रौतामाईमा ३८, लिम्चुङबुङमा १२ र उदयपुरगढीमा ८ गरी १ सय ३८ जना संक्रमित थपिएका हुन् । थपिएका ४८ महिला ९० पुरुष रहेको स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ ।

बुधवार थपिएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ९ सय ६२ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित ४ सय ३१ पुरुष र ३ सय ४८ महिला गरी ७ सय ७९ रहेका छन् । अहिले सम्म जिल्लामा १९ पुरुष र १० महिला गरी २९ जना संक्रमितको ज्यान गएको छ, भने ९१ पुरुष र ६३ महिला गरी १ सय ५४ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख छ । जसमा संक्रिय संक्रमित संख्या ७७९ निको भएको संख्या १५४ र ज्यान गुमाउने गरि कुल ९६२ कोरोना संक्रमित रहेको छ ।

उदयपुरको स्थानीय तहहरु मध्ये सबै भन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमित रहेको छ । त्रियुगामा अहिले पनि सक्रिय संक्रमित १७० महिला सहित ३ सय ७७ रहेको छ । त्यसैगरी दोश्रोमा कटारी नगरपालिका ४२ महिला सहित १ सय १ जना, तेश्रोमा चौदण्डीगढी नगरपालिका ४२ महिला सहित ८६ जना, चौथोमा बेलका नगरपालिका ३७ महिला सहित ६७ जना, पाँचौमा रौतामाई गाउँपालिका १८ महिला सहित ६२ जना, छैटौमा लिम्चुङबुङ गाउँपालिका २६ महिला सहित ५१ जना, साँतौमा उदयपुरगढी गाउँपालिका १२ महिला सहित ३४ जना र ताप्ली गाउँपालिकामा १ महिला मात्र संक्रमित रहेको जनाएका छन ।

त्यसैगरी मृत्यु हुनेमा पनि त्रियुगा नगरपालिकामा ७ महिला सहित १९ जना, चौदण्डीगढी नगरपालिकामा १ महिला सहित ४ जना, कटारी नगरपालिकामा १ महिला सहित ३ जना, उदयपुरगढी गाउँपालिकामा १ महिला सहित २ जना र बेलका नगरपालिकामा १ जना पुरुष गरि २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित