सिन्धुलीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

फाइल तस्विर : नेपाली सेनाको भैरव प्रसाद गणको विषेश टोलीले बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार गरिदै ।

 

सिन्धुली । जिल्लामा गएको चौविस घण्टामा कोरोनाका कारण तीनजना महिलाको मृत्यु भएको छ । २ जनाको राती र १ जनाको बुधबार विहान अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं. ४ की ५२ वर्षकी महिला, दुधौली नगरपालिका ११ की ९३ वर्षकी महिला र कमलामाई नगरपालिका ४ की ८२ वर्षकी महिला रहेका छन् ।

मरिणकी महिलाको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा, दुधौलीकी महिलाको घरमै र कमलामाईकी महिलाको सिन्धुलीको कोभिड १९ अस्पतालमा लाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोभिड १९ फोकल पर्सन सन्तोष माझीले बताएका छन । दुधौली र मरिणकी महिलाको मंगलबार साँझ र कमलामाईकी महिलाका बुधबार मृत्यु भएको हो ।

दमको रोगी समेत रहेकी मरिणकी महिलाको जेठ ११ गते कोभिड १९ पोजेटिभ आएको थियो । दुधौलीकी महिलाको जेठ ३ गते र कमलामाईकी महिलाको जेठ १० गते कोरोना पोजेटिभ देखिएको थियो । हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

८४ जना नयाँ संक्रमित

यसैबीच सिन्धुलीमा ८४ जना नयाँ संक्रमित भेटिएका छन । संक्रमित हुनेमा कमलामाई, गोलञ्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाका व्यक्ति रहेका छन । जिल्लामा १७१ जनाको पिसिआर परिक्षण गरिएकोमा ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय २७ पुगेको छ । मंगलबार जिल्लामा सबैभन्दा बढी ९३ जना नयाँ संक्रमित भेटिएका थिए ।

यसैबीच मंगलबार ७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । उनीहरुसँगै जिल्लामा कोरोना जित्नेको संख्या १९० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बिवेकशीलले काठमाडौं महानगरकाे मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार उठाउने