Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ३संसद् विघटन नेपालको आन्तरिक मामिला: भारत

संसद् विघटन नेपालको आन्तरिक मामिला: भारत

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ ।

‘हामीलाई लाग्छ कि अहिले देखिएको राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला हो, यसलाई उनीहरूले आन्तरिक रूपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ विज्ञप्तिमार्फत भनिएको छ, ‘एउटा छिमेकी र साथीको नाताले भारतले नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति र स्थायित्वका लागि अटुट रूपमा सहयोग गरिरहन्छ ।’

भारतले अहिले देखिएको समस्या नेपाल आफैंले समाधान गर्नुपर्नेमा समेत जोड दिएको छ । नेपालको आन्तरिम मामिला नियाल्नेबाहेक कुनै पनि हस्तक्षेपकारी भूमिका नगर्ने उसले प्रस्ट पारेको छ ।

राजनीतिक घटनाक्रम हुनुअघि भारतको सैन्य प्रमुख र गप्तचर विभाग प्रमुख आएपछि नेपालको राजनीतिमा उथलपुथलपूर्ण अवस्था आएको भन्दै टीकाटिप्पणी हुन थालेपछि भारतले आफ्नो धारणा राखेको हो ।

नेपालको मामिलामा भारतले चासो दिने गरेको भएकाले पनि राजनीतिक घटनाक्रमलाई भारतसँग जोडेर विश्लेषण गरिएको छ । ११ फागुन २०७७ मा संसद् पुनस्र्थापनापछि नेपालको राजनीतिक विषयलाई भारतले गरेको राजनीतिज्ञले भनिरहेका थिए ।

राजनीतिज्ञको सो विश्लेषण आइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजन कार्यक्रममार्फत आफूहरू भारतका लागि ‘कन्र्फटेबल’ सरकार दिन तयार रहेको अभिव्यक्ति दिए । जसले भारत नेपालमा ‘कन्र्फटेबल’ सरकारको खोजीमा रहेको सन्देश प्रवाह भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा माओवादी केन्द्र अध्यक्ष दाहालले भारतको सहयोग हुने अपेक्षासाथ अभिव्यक्ति दिएपछि भारत नेपालको राजनीतिक मामिलामा जिम्मेवार रहेको आंशका गर्न थालिएको हो ।

नेपालको राजनीतिक मामिला विषयमा भारतको नाम जोडेर धेरै प्रश्न आइरहेका बेला आफ्नो धारणा स्पष्ट पार्नुपर्ने थियो । दोस्रोपटक संसद् विघटनपछि पनि राजनीतिक घटनाक्रमलाई लिएर नेपालको नाम जोडिन थालेपछि भारतले मुख खोलेको हो ।

नेपालको राजनीतिक उथलपुथलमा भारत मात्रै होइन, चीन र शक्ति राष्ट्रले समेत चासो राख्ने गरेको पाइन्छ ।

(Visited 124 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला...

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट महाकाली नदी पार गर्नेक्रममा बेपत्ता दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । भारतीय सुरक्षा बल एसएसबीले...

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस...

परित्यक्त पाल्पा

बुद्धभन्दा धेरै समयअघि नै तराइको घना वनको उत्तरतर्फ पहाडी इलाकामा समानान्तर पाल्पाली सभ्यताको विकास भइसकेको थियो । मगर सभ्यताले उत्कृष्टता हासिल गरेको त्यस समयमा...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

ट्रेन्डिङ

हरियाली बन्दै बाँझो जमिन

काठमाडाै‌ ।  प्रचण्ड गर्मी । तपतप पसिना । मुखमा माक्स । सामाजिक दूरि । बाँझो अनि कडा जमिन । जोडले कोदालो बजार्दै । एक...

कोरोना संक्रमणले विदेशमा यो साता थप १६ जनाको निधन

काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)