खाद्य र साल्ट ट्रेडिङले उपभोक्ताको घर घरमा खाद्य सामग्री पुर्याउने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मोबाइल भ्यान मार्फत उपभोक्ताको घर घरमा खाद्यान्न ‘होम डेलिभरी’ गर्ने भएको छ । कोरोना भाइसर संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा थप गरेको निषेधाज्ञामा उपभोक्तालाई अत्यावश्यक खाद्यान्न बस्तुको अभाव तथा समस्या आउन नदिइन सरकारले खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई सो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सरकारले काठमाडौँ उपत्यकामा १४ देखि २० गतेसम्म निषेधाज्ञा थप गरेको छ । विगतका निषेधाज्ञामा सरकारले अत्यावश्यक खाद्यान्न पसलहरु समय सिमा निधारण गरी सञ्चालन हुन दिएको थियो । तर, पछिल्लो निषेधाज्ञामा दैनिक खाद्यान्न वस्तु विक्री वितरण हुने खाद्यान्न तथा किसाना पसल, र डिपार्टमेन्टल स्टोर समेत बन्द गरेपछि खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई मोबाइल भ्यान मार्फत उपभोक्तालाई दैनिक खाद्यान्न होम डेलिबरी गर्ने निर्देशन दिएको हो ।

उपभोक्ताको माग अनुसार घरमै सामग्री

खाद्य व्यापार कम्पनीले उपभोक्तालाई गतवर्ष देखि नै अनलाइन मार्फत होम डेलिबरी सेवा गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका विभागीय प्रमुख भिम बहादुर थापाले गतवर्ष काठमाडौँको रिङ्गरोड भित्र मात्र सेवा दिने गरेको थियो यो वर्ष गाडी जान सक्ने ठाउँमा माग अनुसार निशुल्क सेवा दिने बताए । उनले कम्पनीको अनलाइनबाट १५ हजार सम्मको खाद्यान्न सामग्री उपभोक्ताले खरिद गर्न सक्ने बताए । चामल, दाल, चिनी, तेल लगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न सक्ने बताए । उनले कसैलाई खाद्यान्न आवश्यक पर्दा कम्पनीको अनलाइन तथा फोनबाट अडर गर्न सक्ने बताए । कम्पनीले विहान १० देखि ५ बजे सम्म सेवा दिने उनको भनाई छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झाले उपभोक्ताको माग अनुसार खाद्यान्न वस्तु आपूर्ति गर्ने बताए । उनले विगतका वर्षमा पनि साल्ट ट्रेडिङले उपभोक्ताहरुलाई अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिने गरि मोबाइल भ्यान मार्फत खाद्यान्न वस्तु उपभोक्ताको टोल टोलमा वितरण गरेको बताए । कोरोना संक्रमण बढेको हुँदा स्थानीय जनप्रतिनिधीको समन्वयनले सहज हुने बताए । उनले काठमाडौँमा चार वटा मोबाइल भ्यानले उपभोक्तालाई सेवा दिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन