एलेग्रीले जिदानको स्थान लिने सम्भावना

म्याड्रिड । स्पेनिस टोली रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सम्झौता नथप्ने निर्णय गरेका छन् । उनको सो घोषणापछि म्याड्रिड नयाँ प्रशिक्षकको खोजीमा रहेको छ । रियलले मासिमिलानो एलेग्रीलाई प्रशिक्षकका रूपमा लिने सम्भावना रहेको एजेन्सीहरूले बताएका छन् । उनी जिनेदिनको स्थानमा पहिलो विकल्पका रूपमा रहेका हुन् । उनी युभेन्टसका पूर्वप्रशिक्षक हुन् । केही सयमदेखि उनले कुनै क्लब समालेका छैनन् । उनलाई इटालीका क्लबले अर्काे सिजनका लागि लिन इच्छा भने देखाइरहेका थिए ।

त्यसैले उनी म्याड्रिडको पहिलो रोजाइमा परे पनि उनको रोजाइमा म्याड्रिड पर्छ कि पर्दैन भन्ने विषय चर्चामा छ । उनको युभेन्टसको कार्यकाललाई सफल रहेको थियो । जसका कारण उनलाई म्याड्रिडले पहिलो रोजाइमा राखेको हुनुपर्छ । घरेलु प्रतियोगितामा उनले लगातार उपाधि दिलाउन सफल भएका थिए । युरोपमा भने उनले सफलता चुम्न नसकेपछि उनले युभेन्टस छोडेका थिए । उनले युभेन्टस छोडेपछि क्लबले सोचेजस्तो सफलता हासिल गर्न सकेन । युभेन्टसले पनि उनको विषयमा चासो व्यक्त गरेको छ । त्यसैले उनी यसपटक चर्चामा छन् ।

च्याम्पियन इन्टर मिलानले एलेग्रीलाई आबद्ध गराउन उत्साहित रहेको सञ्चार माध्यमहरूले बताउन थालेका छन् । एन्टोनियो कोन्टेले उपाधि जितेलगत्तै क्लब छाडेपछि अहिले इन्टर नयाँ प्रशिक्षकको खोजीमा छ । र एलेग्रीको नाम नै टोलीका लागि पहिलो रोजाइ छ । यता रियलका लागि एलेग्री नआएको खण्डमा कोन्टे पनि विकल्पका रूपमा अघि आएका छन् ।

रियलले जिदानको निर्णयपछि मात्र अन्य विकल्प खोज्ने बताएको थियो । जिदानले आफू निरन्तरता नदिने बताएसँगै अब एलेग्रीका लागि रियलले प्रस्तावको तयारी गरिसकेको छ । एलेग्री र कोन्टेबाहेक रियलका लागि राउल गोन्जालेज पनि विकल्प हुन सक्छन् । जिदानले जसरी नै राउल पनि क्लबमा खेलाडीका रूपमा लामो समय बिताएपछि अहिले दोस्रो टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'