सक्रमित भेट्न बस्ती बस्ती डुल्दै मेयर

सिन्धुपाल्चाेक । कोरोना भाइरस ‘कोभिड १९’ को रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले सुरु गरेको अभियानको प्रभावकारिता बुझ्नका लागि बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा स्वास्थ्यकर्मी सहितको टोली लिएर बस्ती बस्तीमा पुग्न थालेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि बाह्रविसे नगरपालिकाले नगर भित्रका सबै वडाहरुमा स्वास्थ्य सामग्री लगायत अन्य सामग्रीहरु यस अघि नै वडाका सबै बस्तीहरुमा पु¥याएको थियो । नगरले सुरु गरेको अभियान र स्थानीयको सुझाव समेत संकलनका लागि आफु बस्ती सम्म आएको मेयर शेर्पाले जानकारी दिए ।

मेयर शेर्पाले बस्तीमा संक्रमित भएर होमआइशोलेसनमा बसेका संक्रमितको घरमै पुगेर नगरापालिकाको तर्फबाट स्वास्थ्य सामग्री समेत प्रदान गरेका थिए । नगरका सबै उपस्वास्थ्य चौकी, स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरु मार्फत प्रदान गरिएका सेवाहरुप्रति जनताको धारणा र सुझाव बुझ्न आफुले अनुगमन गरेको मेयर शेर्पाले बताए । ‘हामी नगरको आगमी वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा छौ,बस्तीमा पुगेर स्थानीयको सुझावलाई समेत लिएर बजेट निर्माण गर्ने योजनामा छौ ।’ मेयर शेर्पाले भने ।

नगरपालिका र विभिन्न संघ संस्थाहरु मार्फत स्वास्थ्य सचेतता र सतर्कताका सामाग्रीहरु पर्याप्त रुपमा गाउँमा पठाइएको भए पनि अझै ग्रामीण क्षेत्रमा माक्स,सेनिटाइजरको प्रयोग र भौतिक दुरीको मापदण्ड कायम गर्ने व्यवहारमा सोचेजति सुधार नदेखिएको मेयर शेर्पाको भनाई थियो ।

शहर बजारको तुलनामा गाउँमा संक्रमितहरुको संख्या बढि रहेको तर गाउँमै स्वास्थ्य सतर्कता कम भएकाले कोभिडको दोस्रो लहर बाट गाउँ अझै जोखिममा देखिएको मेयर शेर्पाले बताए ।

नगरपालिकाले होम आइशोलेसनमा बसेका र स्वास्थ्य संस्थाहरुमा संक्रमित भएर बसेकाहरुका लागि औषधी,पोषिलो खानेकुरा समेत वितरण गरेको छ ।

बस्ती बस्तीमा पुग्ने क्रममा नगरपालिकाको सबैभन्दा टाढा र विकटको बस्ती वडा नम्बर १ को घोर्थली,दोलङसा,ठेनसा र वडा नम्बर २ को दुरुमथली,काभ्रे,बुदेपा लगायतका बस्तीमा पुगेर माक्स,सेनीटाइजर लगायत स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

बस्ती बस्तीमा पुगेका मेयर शेर्पाले कर्थलीकी एकमल महिला सम्पुर्ण तामाङको घर छाउन नसकेर अन्यत्र बस्न बाध्य भएको देखेपछि मेयर शेर्पाले नगरपालिकाको तर्फबाट उनको घर छाउनको लागि आवश्यक जस्तापाता र नगद समेत सहयोग गरेका थिए । घरमा एक्लै रहेकी ८० बर्षीया तामाङ केहि दिन देखिको झरी छानो बिहिन घरमा बिताउनु पर्दा बिरामी भएकी थिइन । तामाङको स्वास्थ्य उपचार देखि सबै खर्च व्यहोरीने नगर प्रमुखले वताएका छन । मेयर शेर्पाले खाद्यन,लताकपडा र औषधीको लागि समेत सहयोग गरेको स्थानीय शिवबहादुर गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान