खोप अभियानको अपेक्षा

 

विभिन्न मित्रराष्ट्रहरूले गरेको खोप सहयोगसँगै देशव्यापी खोप अभियान जनस्तरबाटै अपेक्षा गरिएको छ । यो अपेक्षा स्वाभाविक र आवश्यक पनि छ । कोरोना महामारीको दोस्रो लहरको संक्रमणसँगै नेपालमा परेको त्यसको नकारात्मक असरले सबैलाई त्रसित र चिन्तित बनाएको छ । संक्रमणको संख्या अनेपेक्षित वृद्धि र संक्रमित बिरामीको मृत्युदरले सबैलाई अब खोपबाहेक प्राथमिक रोकथामका उपायले बच्न, बचाउन र संक्रमित हुनबाट रोक्ने सकिने देखिँदैन । रोकथामका प्राथमिक उपाय जनसाधारणबाट पालना गरेको देखिन्छ । कतैकतै उपेक्षा, अवज्ञा वा बेपरवाह देखिनु अपवादको कुरो हो । तर, सबैले सबै ठाउँमा त्यसको पालना गरेको देखिएको छ । पहिलो लहरभन्दा दोस्रो लहर आफैंमा निकै डरलाग्दो भएकाले पनि जनता यसबाट सचेत भएको देखिन्छ । कोरोना महामारी’bout अवधारणा पनि पहिलेको भन्दा निकै स्पष्ट हुँदै गएको छ । सामान्यतया मानिसले कोरोना महामारीको दीर्घकालीन प्रकृति, त्यसको प्रभाव र समयावधिका हिसाबले लामो समय लड्नु र पचाउनुपर्ने कुरो बुझिए पनि मानसिक रूपमा तयारी रहेको पनि बुझिन्छ ।

दीर्घकालीन प्रकृतिको कोरोना महामारीको तत्कालीन प्रभाव र असरलाई ख्याल गरी जनसाधारणले घरघरमा सेल्फ आइसोलेसनको प्रक्रिया अपनाउन थालेको, एकआपस भेटघाटमा सचेतता अपनाइरहेको र संक्रमित बिरामीलाई बहिष्कार गर्ने वा मृतकको घरमा सामाजिक दूरी कायम गरी सहयोग पु¥याउने गरिरहेको देखिन्छ । यसबाट महामारी संक्रमण रोक्न अपनाउनुपर्ने प्राथमिक उपायको सचेत प्रयोगका साथै आइपरेका काम कर्तव्य पनि पूरा गर्ने सामाजिक दायित्वबाट वञ्चित नभएको देखिन्छ । प्राथमिक उपाय अवलम्बन गर्ने प्रक्रियालाई जीवन व्यवहारका रूपमा लागू गरिसकेपछिको अवस्थाम संक्रमित तथा गैरसंक्रमितको बचाउको अन्तिम उपाय खोप नै हो । महामारीविरुद्धको खोप देशव्यापी बनाउनुपर्ने अपेक्षा अन्यथा होइन ।

त्यसैले खोप अभियानलाई देशव्यापी बनाउन जरुरी छ । यसका लागि सरकारले अविलम्ब नेतृत्व लिनुपर्छ । देशविदेशबाट ल्याइएका खोप अभियानकै रूपमा चलाइनुपर्ने देखिन्छ । संक्रमण रोकथामका प्राथमिक उपाय अपनाउँदा अपनाउँदै पनि हुन जाने संक्रमण रोक्न अब खोप मात्रै एउटा विकल्प रहेको छ । त्यो विकल्प खोप अभियानबाट मात्र पूरा हुन सक्छ । कूटनीतिक नियोगमार्फत गरिएको अनुरोधअनुसार नेपाल सरकारले प्राप्त गरेका खोप अविलम्ब जनताबीच लगिनुपर्छ र यसलाई अभियानको रूप दिइनुपर्छ । पछिल्लो समयमा सरकारले गरेको प्रयासलाई जनताले सकारात्मक रूपमा लिएका छन् । अब हजारको संख्यामा होइन करोडौंको संख्यामा खोप लगाउने अभियान चलाउनुपर्छ । पहिलो लहरको जस्तो केटाकेटी र वयस्कलाई कम आक्रमण गर्ने र वृद्धवृद्धा तथा दीर्घ रोगीलाई मात्र आक्रमण गर्ने दोस्रो लहरको कोरोनाको प्रकृति होइन । त्यसैले हरेक उमेरका जनतालाई खोप दिन सरकारले अभियान नै चलाउनुपर्छ । खोपले मात्र जनता पनि सन्तुष्ट हुने र संक्रमणलाई पनि सापेक्ष रूपमा रोकथाम गर्न सकिने हुन सक्छ । त्यसैले खोप अभियानलाई व्यापक बनाऊ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार