Thursday, August 5, 2021
Homeबिचारकलेज विद्यालय बन्द कहिलेसम्म ?

कलेज विद्यालय बन्द कहिलेसम्म ?

डा. प्रकाश बुढाथोकी,
sharethis

उपत्यकामा जेठ १४ देखि २० सम्मको निषेधाज्ञामा खाद्यपसलसमेत बन्द गरिएको छ । खाद्यपदार्थ जोहो गर्न दुई दिन दिँदा झनै जोखिम बढाएको छ । भीड न मास्क न सामाजिक दूरी मानिसको खाद्यपदार्थ जोहो गर्न ओइरेका छन् । दूध, तरकारी र पानी पसल पनि १ घण्टा घटाएर खोल्न दिइँदै छ । घरबाट ननिस्केर जीविका चल्ने भए त राम्रो हो तर जति समय कम त्यति भीड र जनस्वास्थ्यका मापदण्ड परिपालना कम र जोखिम बढी भन्ने अधिकारीले नबुझेका हुन् कि ? मापदण्डको पालनाभन्दा जोखिम किन बढाउँदै छन् प्रशासकहरू ? खोटाङ र मनाङबाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । नयाँ संक्रमण र मृत्युमा केही कमी आएको छैन । दैनिक संक्रमण साढे ८ हजार, मृत्यु १५० र सक्रिय संक्रमित सवा १ लाख रहिरहँदा स्वास्थ्य मन्त्रालय स्वाथ्य आपतकाल घोषणा गर्नेमा छलफल गर्दै अगाडि बढिसकेको छ । अध्यादेश जारी भइसकेको छ ।

राष्ट्रपतिको खोप कूटनीति

प्रधानमन्त्रीलाई सरकार वा पार्टीमध्ये एक रोज भन्ने सल्लाह दिएको चीनसँग सम्बन्ध सुमधुर नभएको र दक्षिणतर्फ ढल्किरहेका बेला राष्ट्रपतिको खोप कूटनीति सुरु भएको छ । दक्षिणतर्फ जेठ ११ मा पत्र र उत्तरतर्फ जेठ १२ मा २ हप्तासम्मको पहलपश्चात् ४५ मिनेट लामो फोनमार्फत सहजीकरण गरेकी सवैधानिक राष्ट्रपति भण्डारीले त्यसै दिन चीनबाट १० लाख सहयोग र खोप किन्न सहजीकरण गरिदिने प्रतिउत्तर आएको छ । त्यस्तै अमेरिकी र रुसी राष्ट्रपतिसँग कुरा गराइदिन परराष्ट्र मन्त्रालय लागिरहेको छ । तथापि, संवैधानिक राष्ट्रपति कार्यकारी अनुरोध भन्दै चासो व्यक्त गरिँदै छ ।

किन विद्यालय सञ्चालन

जाँच नै नदिएर विद्यालयले दिएको अंक नै अन्तिम हुने भएपछि बारम्बार स्कुललाई सोर्सफोर्स लगाउन जिद्दी गर्ने बच्चा बाबाले नमानेपछि २ हप्ताजति चिन्तित बस्यो र आफ्नो मेहनतलाई भाग्यसँग जोडेर मन शान्त पार्न यसरी परीक्षा नै दिन नपर्ने भए त पीएचडीसम्म पढ्ने इच्छा जाहेर गर्न थाल्यो बच्चाले । अनलाइन कक्षा सकिनेबित्तिकै छोराले भन्यो, ‘बाबा मैले त स्कुलका साथीहरू र शिक्षकको अनुहार बिर्सिसकें, जाने बाटो नै बिर्सिसकें, स्कुल कहिले खुल्छ ?

कोरोनाको महामारी सुरु भएपछि लकडाउनसँगै बन्द भएका शिक्षणसंस्था आजसम्म खोल्ने हिम्मत केहिले हिम्मत नगर्दै फेरि बन्द भएका छन् । विद्यार्थी जम्मा हुने थलो भएकाले एसएमएस जनस्वास्थ्य मापदण्ड लागू गर्न असहज छ र संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित मनोविज्ञानमा पीडामा छन् । सबै स्कुल तथा कलेज बन्द भएकाले ५ वर्षदेखि २१ वर्षसम्मका विद्यार्थी घरभित्र सीमित भई बसेका छन् । अनलाइन र दूरशिक्षा भनिए पनि सामाजिक सञ्जाल, भिडियो गेम, मोबाइलमा व्यस्त भएका छन्, मनोवैज्ञानिक कोभिडको संक्रमणभन्दा अन्य घटनाको जोखिम उच्च भएको छ । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यता हो । उमेर र सिकाइबीच घनिष्ट सम्बन्ध रहन्छ, निरन्तर पढन नपाए पढेको पनि बिर्सिन्छ । शिक्षा व्यक्तिको नैसंर्गिक अधिकार एवं संविधानतः मौलिक अधिकार हो, मात्र कर्मकाण्डी तथा जसोतसो कर्तव्य निर्वाहका रूपमा लिनु महाभुल हुन्छ ।

मोर्डनाको खोप १२ देखि १७ वर्ष समूहमा शतप्रतिशत प्रभावकारी देखिएको छ शिक्षा व्यक्तिको नैसर्गिक अधिकार एवं संविधानतः मौलिक अधिकार भएकाले कर्मकाण्डी तथा जसोतसो कर्तव्य निर्वाहका रूपमा लिनु महाभुल हुन्छ

कोभिडको महामारीले हाम्रो एकनासको सोचाइ, प्रवृति र क्रियाकलापमा परिवर्तन ल्याइदिएको छ । केही तथ्यमा सकारात्मक परिवर्तन सम्भव भएको छ । शिक्षाको हकमा हिजोको प्रक्रियामा केही न केही परिवर्तन नगरी सञ्चालनमा आउन गाह्रो छ । यसपटकको एसईईमा विद्यालयको आन्तरिक मूल्यांकनलाई वैद्यता दियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा प्रणालीमा सधैंका लागि परिवर्तन गरी विद्यालयले नै मूल्यांकन गर्ने परिपाटीको सुरुवात एक्कासि कोभिडले गरिदियो । लकडाउनमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन विद्यालय, स्थानीय तहअनुसार फरकफरक अभ्यास गरिए, आफ्ना सकारात्मक तथा सबल पक्षको खोजी भए, पातलो बस्ती भएकामा मापदण्डसहित पठनपाठन सञ्चालन रहिरहे । काठमाडांैसँगै लय मिलाउने क्रमभंग भयो । सिर्जनशीलता खोजियो । संविधानको व्यवस्था थोरै भए पनि लागू भए ।

सञ्चालन मापदण्ड

अमेरिकाको सीडीसीले जारी गरेको निर्देशिकालाई सर्वाेपरि गर्दै स्कुलमा बालबालिकाको तहअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन जरुरी छ जस्तै प्री स्कुलका बालबालिकालाई सानो समूह बनाएर एक शिक्षिकाले मात्र पढाउने र कम्तीमा ३ देखि ६ फिट दूरीमा राख्न सकिन्छ । विद्यालय बसाइँ समय घटाउन सकिन्छ । अनावश्यक भिजिटर नल्याउन, कोठाभित्र भन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्नपर्छ ।

संक्रमणबाट सुरक्षित बनाउन कक्षाकोठामा मात्र नभई स्कुलबस, लबी, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । नर्सको व्यवस्था, दैनिक स्वास्थ्य जाँच, घर फर्किसकेपछि पनि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, हाइजेनिक खाना, रोग प्रतिरोधि क्षमता विकास र अन्य संक्रमणबाट बचाउन सक्ने पोषिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनुपर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठयसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नुपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्यजाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ । भौतिक दूरी, स्वच्छता कायम गर्न बढी शिक्षक र कर्मचारीको जरुरत पर्न सक्छ ।

दैनिक जीवनयापन कोरोनासँगसँगै चलायमान बनाउनपर्ने आजको बाध्यता तथा जरुरत हो । विद्यालयले अनलाइन कक्षा सञ्चालन नेपालजस्तो भौगोलिक विकटता, आर्थिक विपन्नता भएको देशका अभिभावक र विद्यार्थीका लागि अनलाइन कक्षा विकल्प बन्न सकिरहेको छैन । बालबालिकाको शैक्षिक सत्रमै असर पर्ने देखिएपछि सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिनेमा सबै सकारात्मक छन् ।

मास्क, पीपीई, सेनिटाइजर बोटल, पन्जाजस्ता संक्रमित फोहोर ३ दिनसम्म छुट्टै झोलामा संकलन गरेर मात्र बाहिर पठाउनुपर्छ । संक्रमणबाट सुरक्षित बनाउन कक्षाकोठामा मात्र नभई स्कुल बस, लबी, क्यान्टिन, हलमा भीडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ ।

मोर्डना १२ देखि १७ वर्ष समूहमा शतप्रतिशत प्रभावकारी

दोस्रो लहरसँगै जनमानसमा सरकारले खोप अभियान व्यापक बनाए हुँदो हो भन्ने अपेक्षा जनतामाझ कडा रूपमा पलाएको छ । नियन्त्रण खोपभन्दा अर्काे विकल्प नभएको सोच परिसकेको छ । खोपले रोग प्रतिरोधात्मक क्षमता बढ्छ नै त्योभन्दा मनोविज्ञान ठूलो छ । चीनको १० लाख मात्रा खोप भण्डारणमा रहेकाले खोप वितरणमा जनताको अपेक्षा बढ्नु स्वाभाविक छ ।

हाल १८ वर्ष वा सोभन्दा माथि उमेरकालाई प्रयोग गरिँदै आएको अमेरिकी कम्पनी मोर्डनाका अनुसार १२ देखि १७ वर्षका करिब ४ हजारमा गरिएको परीक्षणमा शतप्रतिशत प्रभावकारी छ । ३ हजार ७ सय ३२ जना २ मात्रामा र बाँकी एक मात्रा मात्र लिएकामा ९३ प्रतिशत प्रभावकारिता देखिएको छ । फाइजर खोप १२ देखि १५ वर्षका किशोरकिशोरीमा मात्र शतप्रतिशत प्रभावकारी थियो ।

स्वास्थ्यमन्त्रीले लकडाउन गर्नपर्ने अवस्थामा नपुग्न विद्यालय तथा कलेज र सार्वजनिक क्षेत्र बन्द गर्नुपर्ने बताउँदै थिए । संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय र साना सहरमा १ सय बढी सक्रिय संक्रमित भए ती स्थानको आवागमनलाई कडाइका साथ गर्न गराउन पनि मन्त्रालयले अनुरोध गरेको थियो ।

अन्तमा, विद्यालय बन्द तत्पश्चात् निषेधाज्ञा लागू भएको एक महिना भएको छ । तथापि संक्रमित र मृत्यृको संख्या ओर्लिन सुरु गरेको छैन । तसर्थ सरकार निषेधाज्ञामा मात्र भर नपरी प्रभावकारी जनस्वास्थ्य मापदण्ड पालना, कन्ट्याक्ट ट्रेसिङ थालेर त्यहीअनुसार परीक्षणको मात्रा बढाउनपर्छ । सबैले के बुझ्न जरुरी छ भने महामारी नियन्त्रणमा ल्याउन संक्रमणको स्रोत रोक्नैपर्छ र जीवनयापन बालबालिकालगायत सबै नागरिकलाई खोप दिई कोरोनासँगै चलायमान बनाउनैपर्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

(Visited 166 times, 1 visits today)

आजको समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी भएको छ । त्यसका लागि सहमति जुटाउन सत्ता पक्षीय कार्यदलको बैठक आज पनि...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

भ्वाइस अफ नेपालकाे फाइनलमा चार प्रतिस्पर्धी छानिए

काठमाडौं । कोरोनाको महामारीपछि गत वैशाखको तेस्रो साताबाट रोकिएको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ एक महिनाबाट प्रसारण हुँदै आएको छ । भ्वाइस...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

फेला परेका २३ मोटर साइकल सम्बन्धितलाई जिम्मा

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटर साइकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एवम् भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित...

ट्रेन्डिङ

टी–२० वल्र्ड कपको निर्णय अगस्टमा

नयाँ दिल्ली । यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड– १९) को महामारीको प्रभावमा परेको छ । जसका कारण विश्वका ठूलो खेल प्रतियोगिता लगभग सबै...

निर्देशक प्रदीप र गायिका मेलिना वर्ष व्यक्ति

काठमाडौं । फिल्मी क्षेत्रका वर्ष व्यक्तिका रूपमा यसपटक पुरुषतर्फ जात्रा, शत्रुगते र जात्रैजात्रासहित तीन हिट फिल्मका निर्देशक प्रदीप भट्टराई र गायिका मेलिना राई वर्ष...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)