बेलायतका प्रधानमन्त्री जोन्सनले गरे गुपचुप ढंगले आफूभन्दा २३ वर्ष कान्छीसँग तेस्रो विवाह

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार तेस्रो विवाह गरेका छन् । यसअघिका दुई विवाह सफल नभएपछि प्रधानमन्त्री जोन्सनले शनिबार कोरोना महामारीबीच तेस्रो विवाह गरेका हुन् । उनले आफूभन्दा २३ वर्ष कान्छी क्यारी सिमोन्ड्ससँग गुपचुप ढंगले तेस्रो विवाह गरेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार, उनीहरुको यो विवाह प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई पनि थाहा थिएन । ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले विवाह समारोहमा जम्मा ३० जनालाई आमन्त्रण गरेका थिए । बेलायतमा कोरोना संक्रमणका कारण विवाह समारोहमा ३० जना भन्दा बढीलाई आमन्त्रण गर्न पाइदैन ।

उनकी नवविवाहित श्रीमती सिमोन्ड्ससँग उनको सन २०१८ देखि अफेयर चलेको थियो । सन २०२० मा उनीहरुले आफ्नो सम्बन्ध’bout सार्वजनिक गरेका थिए । गतवर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् । प्रधानमन्त्री जोन्सनको यसअघिका दुइटा वैवाहिक सम्बन्ध डिभोर्समा टुंगिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण