जनप्रिय बजेटको सशक्त कार्यान्वयन आवश्यक

सरकारले आर्थिक वर्ष २०७८-७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । बजेटलाई सरसर्ती अध्ययन गर्दा यो लोक कल्याणकारी र जनप्रिय खालको छ । बजेटले मुख्य रूपमा कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचारलाई पहिलो प्राथमिकता दिएको छ भने स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, रोजगारी, भौतिक पूर्वाधारलगायतका क्षेत्रलाई केन्द्रित गरेको छ । बजेटले धेरै नेपालीको मन जित्न पनि सफल भएको छ । कोभिडले त्रसित भएका आमनेपालीका लागि बजेटले धेरै आशा जगाएको छ । सरकारले सबै नागरिकलाई निःशुल्क खोप लगाउनेगरी खोपका लागि मात्रै २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसरी विनियोजन गरिएको बजेटले छिटोभन्दा छिटो खोप खरिद गरेर आमनागरिकलाई समयमा नै खोप लगाउन पाउने वातावरण सरकारले सिर्जना गर्नुपर्छ । कोभिड नियन्त्रण र उपचारका साथसाथै बजेटले सामाजिक सुुरक्षा भत्ता बढाएर मुलुकका तमाम ज्येष्ठ नागरिकलाई खुसी र उमंग दिलाएको छ । कम्युनिस्ट सरकारले ज्येष्ठ नागरिकको उचित सम्मान गर्छ भन्ने कुराको समेत सरकारले पुष्टि गरिदिएको छ । यसो त ज्येष्ठ नागरिकका लागि पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा रहेको एमालेको सरकारले नै वृद्धभत्ता दिने कार्यको थालनी गरेको थियो । बजेटले युवा, वृद्ध, श्रमिक सबैका लागि उल्लेख्य कार्यक्रम र योजना ल्याएको छ । त्यसैले बजेटप्रति नराम्रो दृष्टिकोण राख्नु र विरोध गर्नुको कुनै अर्थ छैन । हामीकहाँ नकारात्मक सोच भएकाहरूले जस्तासुुकै राम्रो काम भए पनि त्यसको विरोध गर्नमा नै आफ्नो धर्म ठान्ने गर्छन् खासमा मुलुक बिग्रिएको त्यस्ता नकारात्मक सोच भएका व्यक्तिका कारणले गर्दा पनि हो । त्यसैले त्यस्ता व्यक्तिलाई जवाफ दिन पनि बजेटको सशक्त कार्यान्वयन अहिलेको अहं आवश्यकता हो ।

अहिले सबैभन्दा प्राथमिकताको विषय भनेकै आमनागरिकलाई कोभिडविरुद्ध खोप लगाउनु रहेको छ । सरकारले बजेटमार्फत सबै नागरिकलाई खोप लगाउने प्रत्याभूति गरेकाले पनि त्यसको छिटोभन्दा छिटो कार्यान्वयन गर्न सकेमा सरकारप्रति जनताको विश्वास स्वःतह बढेर जानेछ । बजेटमा रकमको समेत विनियोजन भइसकेकाले सबै नेपालीका लागि आवश्यक पर्ने खोप खरिदका लागि आवश्यक प्रक्रिया थालिहाल्नुपर्छ र छिटोभन्दा छिटो खोप ल्याएर सबै नागरिकलाई खोप लगाउनुपर्छ ।

अहिले सरकारले ल्याएको बजेटमा केही राजनीति स्वार्थ बोकेका तत्वबाहेक आमनागरिकको समर्थन रहेको देखिन्छ । तर, नागरिकस्तरमा यो बजेटको सशक्त कार्यान्वयन हुने हो कि होइन भन्ने आम चिन्ता र चासो रहेको छ । विगतमा सरकारले ल्याएका बजेटको सशक्त कार्यान्वयन हुन नसकेकाले पनि अहिले केही आशंका सिर्जना हुनु स्वाभाविक हो । त्यसैले सरकारले विगतबाट राम्रो पाठ सिकेर अहिले ल्याइएको बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । अर्थ मन्त्रालयले आमनागरिकको यो चिन्ता र चासोलाई गम्भीर रूपमा लिएर बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना र मोडालिटी बनाउनुपर्छ भने सबै मन्त्रालय र निकायले बजेट कार्यान्वयन गरे नगरे’bout अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विशेष संयन्त्र बनाएर अगाडि बढ्नुपर्छ । सरकारले बजेटमार्फत कोभिड नियन्त्रण गरी मुलुकको विकास र समृद्धिको पनि ढोका खुलाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी