जुम्लाका किसानलाई मार्सी धान रोप्ने चटारो

 

जुम्ला । कोरोना कहरका बीच जुम्लाका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका पानसय, सिंजा र ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैत मै राखिन्छ  । ‘जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिम सम्म भित्र्याउने कृषि क्यालेण्डर हुन्छ ।’ तातोपानी गाउँपालिका ७ सर्मीका कृष्ण खड्काले भने ।

स्वास्थ्य सावधानीका साथ रोपाई भइरहेको किसानहरु बताउन्छन् । हलि र रोपारहरुले मास्क प्रयोग गर्ने र दुरी काम गरेर मार्सी रोपाइलाई निरन्तरता दिइएको स्थानीय लक्षिमकला रावलले बताइन । ‘कोरोनाको डर त लाग्छ, तर काम नगरे के खाने ? कृषि कर्म गर्नै पर्यो ।’ उनले भनिन् । यो बेला सबैतिर रोपारहरुले मागल गाउने हुनाले जीउलोमा रौनकता छाएको छ ।

मार्सी धानका लागि जुम्लाका किसानको निश्चित समय तालिका छ । उनीहरू प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने, १६ गते सुकाउने र २० गते बेर्नामा छर्ने चलन छ । त्यसपछि जेठ पहिलो साता बाट रोप्ने, असारमा पहिलो गोडाइ गर्ने र २० दिनपछि दोस्रो गोडमेल गर्ने प्रचलन छ । यो धान असोज मध्यम साता भित्र्याउने गरिन्छ ।

तातोपानी गाउँपालिकाको गुरुफोक्टोबाट मार्सीधानको खेती सुरु भएको इतिहास छ । अहिले तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा मार्सीधान मात्रै रोप्ने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । कृषि विज्ञका अनुसार हुर्कनको लागि धेरै समय लाग्ने र बढी उचाइमा फल्ने हुँदा मार्सी चामलको स्वाद निकै मिठो हुने गर्दछ । जुम्लामा दुई हजार नौ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सी धान फल्ने गरेको छ । मार्सी चामलको माग बढ्दै गएको स्थानीय व्यापारी रामदेवी रोकायाले बताइन् । जिल्ला बाहिरबाट पुग्ने पर्यटकहरुले जुम्लाको चिनोका रुपमा मार्सी चामल किनेर लैजाने गरेको उनले बताइन । ‘जुम्लाको पहिचान मार्सी चामल बनेको छ, तर पछिल्लो समय विभिन्न रोगले यसको उत्पादनमा गिरावट आएको छ ।’ किसान धन बहादुर रावलले भने ।

यस अघि मार्र्सी चामल राजा रजौटालाई पठाउने समेत गरिएको उनले बताए । यो धानबाली विश्वको सर्वोच्च (दुई हजार आठ सय ५० मिटरको) उचाइमा फल्ने गरेको छ । विश्वको सबै भन्दा बढि उचाईमा धान खेति हुने जुम्लाको पातारासि गाउँपालिका को छुमचौर जीउलो हो  । मार्सी धानका लागि जुम्लाका किसानको निश्चित समय तालिका छ । उनीहरू प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने, १६ गते सुकाउने र २० गते बेर्नामा छर्ने चलन छ । त्यसपछि जेठ पहिलो साता बाट रोप्ने, असारमा पहिलो गोडाइ गर्ने र २० दिनपछि दोस्रो गोडमेल गर्ने प्रचलन छ । यो धान असोज मध्यम साता भित्र्याउने गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी