रोजगारीका लागि भारत जानेहरूको संख्या फेरी बढ्यो

 

धनगढी । कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाबाट रोजगारीको लागि भारत जानेहरूको संख्या बढ्न थालेको छ । भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम र होटल व्यवसायलगायत रोजगारीका क्षेत्रहरू अझै बन्द रहेको भएपनि काम पाइने आसले त्यहाँ जानेको संख्या बढ्न थालेको हो ।

यहाँको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ४ सयको हाराहारीमा नेपालीहरू भारततिर गइरहेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार यी दुई नाका भएर पछिल्लो एक सातामा ३ हजार ४ सयभन्दा बढीको संख्यामा नेपालीहरू भारत पलायन भएका हुन् ।

झण्डै दुई महिना पहिला भारतमा कोरोना बढेर निषेधाज्ञा जारी गरिएसँगै नेपाल फर्किएका नेपालीहरू अहिले स्वदेशमा खानालाउनको समस्या हुन थालेपछि धमाधम भारत फर्किरहेका छन् । ती मध्ये कति नेपालीहरू भारतमा साहुले बोलाएर फर्किरहेका छन् भने कतिपय नेपाली केही न केही काम गरेर जीविकोपार्जन गरौँला भन्ने आशा बोकी भारत पलायन भइरहेका छन् ।

यद्यपि भारतमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी आएको देखिएको छ। योसँगै दिल्ली सरकारले सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गर्ने बताएका छ । तर नेपालीहरू रोजगारीका लागि जाने भारतका अन्य राज्यहरूमा भने निषेधाज्ञा अझै जारी नै छ ।

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतका अधिकांश राज्यहरूमा अझै कोरोनाको जोखिम कम नभएको बताए ।

‘दिल्लीमा सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गरिने भएपनि अन्य राज्यहरूमा निषेधाज्ञा अझै जारी नै छ,’ सचिव खड्काले भने, ‘कलकारखाना, होटल व्यवसाय र निर्माण कार्यलगायत रोजगारीका अवसरहरू अझै बन्दनै छन्। नेपालीहरूको अलपत्र पर्ने जोखिम अझै टरेको छैन ।’

नयाँ भेरियन्टसहितको कोरोना भाइरसले आक्रान्त पारेको भारतमा स्थिति अझै सामान्य भइसकेको छैन । यो अवस्थामा यात्रा गर्नु जोखिमपूर्ण हुने खड्काको भनाई छ । उनले कोरोना महामारी केही कम भएपछि मात्र भारत फर्किन नेपालीहरूलाई आग्रहसमेत गरेका छन् ।

कोरोना महामारीका कारण एकातिर रोगको त्रास छ भने अक्रोतिर भोकको चिन्ता छ । त्यसैले जोखिम मोलेरै भएपनि पेट र परिवार पाल्नका लागि भारत जानुपर्ने बाध्यता रहेका रोजगारीका लागि भारततिर गइरहेकाको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए