Saturday, July 24, 2021
HomeUncategorizedप्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको जवाफ : समस्या कालो कोटमा होइन, कालो सोचमा छ

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको जवाफ : समस्या कालो कोटमा होइन, कालो सोचमा छ

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज मंगलबार विहान जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार एमालेको भातृ संगठन युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पु¥याउँदैछन् भन्ने गरेको टिप्पणीलाई लिएर कांग्रेस प्रवक्ता शर्माले जवाफ दिएका हुन् । उनले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गर्दै ट्वीट गरेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ ।’

उनले भनेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ । देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’

प्रधानमन्त्री ओलीले भनेका मुख्य विषयबस्तु यस्ता थिए

कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पु¥याउँदै हुनुहुन्छ? कुन हैसियतमा पु¥याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ ।

पूर्वन्यायमूर्ति, उहाँहरुले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ ? पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने, अनि वर्तमान न्यायालयका कामकारवाहीमाथि हस्तक्षपकारी ताण्डव गर्ने सडकमा ?

यसले हाम्रो लोकतन्त्रलाई कहाँ पु¥याउँछ, तर म भन्न चाहन्छु– यस प्रकारका आउटडेटेड इलिमेन्टहरुबाट, यस्ता इलिमेन्टहरुबाट देशलाई दुष्प्रभावित हुन दिइने छैन, जोगाइने छ ।

Loading comments...

आजको समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

साताका लोकप्रिय समाचार

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सर्वाेच्च अदालतलाई संदेश दिने नेकपा एमाले अध्यक्ष एवं केपी शर्मा ओलीको योजना संसदको ग्यालरी बैठकमा तुहिएको...

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

  पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

अब सहजै रुपमा खोप लगाउन पाइने

  काठमाडौं । सरकारले लक्षित सबै नागरिकलाई खोप लगाउने योजना तयार गरेको र सोहीअनुसार खोप अभियानलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ । खोप अभियान...

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

ट्रेन्डिङ

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवदेकका तर्फबाट बहस सकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?