Thursday, August 5, 2021
Homeखेलनेपाली टोली सबैको कोरोना रिपोर्ट नेगेटिभ

नेपाली टोली सबैको कोरोना रिपोर्ट नेगेटिभ

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । फिफा विश्वकप कतार २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको २३ खेलाडीसहित ३५ जनाकै पीसीआर टेस्ट नेगेटिभ आएको छ ।

शनिबार इराकसँग बसरा रंगशालामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली आइतबार साँझ त्यहाँबाट स्थलमार्ग हुँदै कुवेत पुगेको थियो । कुवेत पुगेपछि गरिएको पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको अखिल नेपाल फुटबल संघ (एन्फा) सदस्यसमेत रहेका टोलीका व्यवस्थापक मदुसूदन उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार टोलीका खेलाडी सोमबार बिहान जिममा पनि समय बिताएका छन् । नेपालले इराकसँगको खेल ६–२ ले गुमाएको थियो । पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाए पनि पछि भने सम्हालिन नसक्दा हार बेहोर्न पुगेको थियो । न्युट्रल भेन्युका रूपमा रहेको कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेई, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल न्युट्रल भेन्युका रूपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ । चाइनिज ताइपेई पनि आइतबार कुवेत पुगिसकेको छ ।

कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पुनर्निर्माणको कार्य भइरहेका बेला न्युट्रल भेन्युका रूपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेईलाई अञ्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेईले अंक जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रूपमा मात्र बाँकी छ ।

(Visited 66 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

कोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

काठमाडौं । कोरोनाको महामारीपछि तीन महिना लामो निषेधाज्ञा केही खुकुलो भएको छ । यो खुकुलोसँगै टेलिभिजनबाट फेरि हास्य शृंखला प्रस्तुत हुन थालेका छन् । यसै...

राखेपद्वारा छानबिन समिति गठन

काठमाडौं । फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । एन्फाका...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

ट्रेन्डिङ

अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । सरकार गठनको दुई...

सुदूरपश्चिम प्रदेशका अध्यक्षलाई ओलीले साेधे २४ घन्टे स्पष्टीकरण

धनगढी ।  पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)