प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गर्ने घोषणा, अर्काे इजलाश अब २३ गते

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा इजलास तोक्ने घोषणा गरेका छन् । यसअघि गठित इजलाशलाई लिएर चर्काे विवाद भएपछि र न्यायाधीशहरु समेत विभाजित भएपछि प्रधानन्यायाधीश जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन् ।

आज मंगलबारको इजलासमा प्रधानन्याधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्ने बताएका हुन् । ’वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु,’ प्रधानन्यायाधीशले इजलासमा भने । यससँगै मंगलबारको इजलास सकिएको छ ।

योसँगै प्रधानन्यायाधीश जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने बताएका छन् ।

अब इजलास गठन भए पाँच सदस्यीय इजलासमा राणासँगै दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छानिने छन् । यसअघि गत वर्षको पुस ५ गते प्रतिनिधि सभा विघटनको मुद्दा हरिकृष्ण कार्कीले हेरेको विषयमा अधिवक्ताले प्रश्न उठाएपछि कार्कीले इजलास छाडेका थिए । यो पटक पनि उनको विषयमा प्रश्न उठ्न सक्ने सम्भावना छ । यसपालि पनि उनी इजलासमा बस्न नमिल्ने भए वरिष्ठताका आधारमा न्यायाधीश ईश्वर खतिवडा संवैधानिक इजलासमा हुनेछन् ।

अब प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासबाट न्यायाधीश दीपक कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित