लागु औषध र बन्दुकसहित दुई युवा पक्राउ

बागलुङ । बागलुङको पश्चिम ढोरपाटन क्षेत्रबाट लागु औषध र बन्दुकसहित दुई पुरुष पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ भाँगीबाट एक थान भरुवा बन्दुक, साढे दुई किलो चरेश, सात किलो गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा प्रहरीले ढोरपाटन नगरपालिका–४ भाङ्गीका ३४ बर्षिय जित बहादुर पुन र सोही गाउँका ३८ बर्षिय डम्बर बहादुर पुनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

पक्राउ पर्ने दुवै जनाले लागुऔषधको कारोबार गरेको भन्ने सुचनाको आधारमा घरमा गएर खोजतलास गर्दा उक्त सामग्री बरामद भएको थियो ।

जितबहादुरको घरबाट साढेँ २ किलो गाजाँको धुलो र डम्बर बहादुरको घरबाट २ किलो २ सय ग्राम चरेस, साढेँ ४ किलो गाजाँको धुलो र एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक वन्तको भनाई छ । उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस