ब्राजिल र भेनेजुएलाबीच उद्घाटन खेल

रियो दि जेनेरियो । ब्राजिलमा अर्का सातादेखि सुरु हुने दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका कपको उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने भएको छ । यस सिजनको कोपा आयोजक राष्ट्र अर्जेन्टिना र कोलम्बियामा खेल हुन नसकेपछि अन्तिम समयमा कोपा अमेरिका ब्राजिलमा सारिदा खेल तालिका र खेल्ने समयसमेत परिवर्तन हुँदा उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्ने तय भएको हो । खेल माने गारिन्चा स्टेडियममा हुनेछ ।

सोही दिन कोलम्बिया र इक्वेडरबीच एरिना पान्टानलमा खेल हुनेछ । अर्जेन्टिनाले जुन १४ मा चिलीसँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल)ले सार्वजनिक गरेको तालिकाअनुसार कोपा अमेरिका ब्राजिलको विभिन्न पाँच रंगशालामा हुनेछ । फाइनल खेल मात्रै रियो दि जेनेरियोको माराकाना रंगशालामा हुनेछ । अन्य खेल माने गारिन्चा, एरिना पान्टानल, निल्टन सान्तोष र ओलिम्पिकोमा हुनेछ । कोपा अमेरिका कपमा दर्शक प्रवेशमा रोक लगाइनेछ । कोलम्बियामा राजनीतिक तनाव बढेपछि प्रतियोगिताको सहआयोजकबाट हात झिक्दा अर्जेन्टिनामा कोरोना संक्रमण बढेपछि कन्मेबलले ब्राजिल सरकारसँग अनुमति लिएर ब्राजिलमा निर्णय गरेको हो ।

गत वर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्षपछि सारिएको थियो । ब्राजिल दुई वर्षअघिको च्याम्पियन टोली हो । ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै दुई वर्षअघि घरमै भएको प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे तथा समूह ‘बी’मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । अस्ट्रेलिया र कतारलाई पाहुना टोलीका रूपमा प्रतियोगितामा समावेश गरिए पनि यो समयमा एसियामा विश्वकप छनोट र एसियन कप छनोटका खेल परेका कारण उनीहरूले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित