प्रशिक्षक कोम्यान बार्सिलोनामै

क्याटलान । डच प्रशिक्षक रोनाल्ड कोम्यान क्याटलान क्लब बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले कोम्यान क्लबमै रहने प्रस्ट पारेका छन् । गत सिजन एक उपाधि जिते पनि ला लिगा र च्याम्पियन्स लिग जित्न नसकेपछि कोम्यानको कार्यकालका विषयमा विभिन्न चर्चा चलिरहेका बेला बार्सिलोनाले कोम्यान २०२३ सम्म क्लबमै रहने जनाएको छ । लापोर्टाको पुरानो सहमतिअनुसार उनको सम्झौता २०२२ सम्म रहेको थियो ।

तर, उनले थप १ वर्ष सम्झौता बढाएका हुन् । कोम्यान गत समरमा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद छाड्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनामा क्विके सेटिनको स्थान लिएका थिए । उनी अनुभवी रहेको र उनले अर्काे सिजनमा राम्रो गर्न सक्नेमा अध्यक्ष लापोर्टा आशावादी रहेका छन् । ५८ वर्षीय प्रशिक्षक कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले ५४ खेल खेल्दा ३४ जित, ९ बराबरी र ११ हारको नतिजा निकालेको छ ।

यस्तै, इटालियन च्याम्पियन इन्टर मिलानले सिमोन इन्झागीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इन्टर मिलानलाई च्याम्पियन बनाएपछि एन्टेनियो कोन्टेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि क्लबले उनको स्थानमा इन्झागीलाई दुई वर्षको लागि टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी सन् २०२३ को अन्त्यसम्म सान सिरोमा रहनेछ । यसअघि उनी इटालियन क्लब लाजियोमा रहेका थिए । इन्झागी २०१६ देखि लाजियोका प्रशिक्षक रहेका थिए । अब ४५ वर्षीय इटालियन प्रशिक्षक इन्झागी इन्टर मिलानको डगआउटमा हुनेछ ।

लाजियोकै पूर्वखेलाडी रहेका उनको प्रशिक्षणमा लाजियोले २०१७ र २०१९ मा सुपर कोपा इटालिया र २०१८–१९ को सिजनमा कोपा इटालियाको उपाधि जितेको थियो । उनकै प्रशिक्षणमा लाजियो १३ वर्षपछि अर्थात् २००१ पछि च्याम्पियन्स लिगलाई छनोट हँुदा पहिलोपटक च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलम पुग्न सफल भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव