अमेरिकाबाट प्रदर्शन थालियो ओभरडोज

काठमाडौं । नेपाली चलचित्र ‘ओभर डोज’ अमेरिकाबाटै तयारी गरिएको छ । यसको प्रिमियर पनि अमेरिकाबाटै गरिएको छ । यो फिल्मलाई मे २९ मा अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर गरिएको थियो । फिल्मले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको कथन छ । यसको प्रदर्शन पनि त्यहीँबाट थालिएको छ ।

लागूऔधष र अपराधको कथामा निर्माण भएका यस फिल्ममा प्रनिसराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भूमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

दर्शकका लागि केही नयाँ दिने उद्देश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाइका सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकूल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माण पक्षको भनाइ छ ।

सट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो । सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलका अनुसार नेपाली तथा अंग्रेजी भाषामा फिल्म निर्माण भएको हो । उनीहरूको पहिलो यो फिचर फिल्म पहिलो हो । यस फिल्मलाई प्रिमियरमा रुचाइएकाले व्यावसायिक रूपमा पनि दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक पौडेलले बताए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

न्यायाधीश नियुक्तिमा सर्वोच्चको व्याख्या : वरिष्ठता र सक्षमता नै न्यायाधीश नियुक्तिका आधार
धनगढीमा पहिलोपटक कोरोनाको जटिल बिरामीलाई प्लाज्मा थेरापी
११ एसपी एसएसपीमा बढुवा सिफारिस
औँठी–आइफोन हातमा : राहतको लाममा
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आह्वान

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी