उदयपुर । आफनै छोरी बलात्कार गरेर भागेका यौन पिपासु बाबु पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका– १ का १५ बर्षिया छोरी जबरजस्ती करणी गर्ने बुवालाई ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो ।
प्रहरीले कटारी नगरपालिका– २ बाट उनलाई पक्राउ गरेको हो । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही नभएको मौकाछोपी छोरीलाई जबरजस्ती करणी गरेका थिए । दुई दिन अघि आमा नभएको मौकामा छोरीलाई जबरजस्ती करणी गरेको छोरीले आमालाई भनेपछि बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै बुबा फरार थिए । पिडकलाई २४ घण्टा भित्रमा पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक (डिएसपी) हेमन्त भण्डारी क्षेत्रीले बताए ।
घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडितले बताएकी छिन् । बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध हाडनाता करणी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएका छन ।
छोरी बलात्कारपछि फरार रहेको उनलाई कटारी नगरपालिका– २ मा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।