संखुवासभा । संखुवासभाको तुम्लिङटारमा बुद्ध एयरले परिक्षण उडान गरेको छ । बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले काठमाण्डौं–तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको हो । शुक्रबार एटीआर–७२ जहाजबाट तुम्लिङटार विमानस्थलमा परीक्षण उडान गरेको नागरिक उड्ययन कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले जानकारी दिए ।
निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको उड्ययन कार्यालय तुम्लिङटारका प्रमुख लम्सालले बताए । बुद्धले नागरिक उड्ययन प्राधिकरणका भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर क्याप्टेन दधिराम निरौला, फ्लाइट अपरेशन लगायत बुद्ध एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरुले उडान गरेका थिए । ७२ सिटे जहाजबाट तुम्लिङटार विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने बताईको छ । कोरोना महामारी सकिएपछि नियमित उडान गर्ने बद्ध एयरले जनाएको छ ।
बुद्ध एयरको एटीआर ७२ को जहाजले बिहान १०ः२६ बजे धावन मार्गमा अवतरण गरेको थियो । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले शुक्रबार गरेको परीक्षण उडान सफल भएको उड्यय कार्यालय तुम्लिङटारका प्रमुख लम्सालले बताए । परिक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्ययन प्राधिकरणका भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर क्याप्टेन दधिराम निरौला, फ्लाइट अपरेशन लगायत बुद्ध एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल भएका थिए ।
सो टोलीले बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर ७२ को जहाज परीक्षण उडान सफल भएको बताए छन् । जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब लक डाउन खुलेपछि तुम्लिङटार–काठमाडौँ सिधा हवाई सेवा हुने विश्वास दिलाएको नागरिक उड्ययन कार्यालय प्रमुख लम्सालले बताए । यस अघि तुम्लिङटारमा यति र बद्ध एयरका साना विमानले उडान भर्दे आएका थिए । १० वर्षअघि कालोपत्र गरिएको विमानस्थलको स्तरोन्नति गरेर १ हजार दुई सय ९५ मिटरलाई थप गरेर १ हजार तीन सय ६५ मिटर पु-याइएको छ ।
यस अघि काठमाण्डौं–तुम्लिङटार ५ हजार ८ सय भाडा रहेको थियो । तुम्लिङटारमा ठूलो जहाजबाट उडान शुरु भएसँगै तीन हजार ५ सय सम्म हुने अनुमान गरिएको छ । तुम्लिङटार विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ ।