अर्जेन्टिना रोकियो,कोलम्बियाको सहज जित

ब्युनर्स आयर्स । दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौं चरणको खेलमा अर्जेन्टिना घरेलु मैदानमा चिलीसँग बराबरीमा रोकिँदा कोलम्बियाले सहज जित दर्ता गरेको छ । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो ।

अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीका लागि कप्तान लियोनल मेस्सीले गोल गर्दा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा लोउटारो मार्टिनेजलाई गुइलेर्माे मारिपानले फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मेस्सी चुकेनन् ।

तर, अर्जेन्टिनाको त्यो अग्रता लामो समय टिकेन । ३६औं मिनेटमा सान्चेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एरानगुइजको लामो फ्रिकिकमा गारी मेडेलले उपलब्ध गराएको पासमा अनमार्क रहेका उनले सहजै गोल गरेको थिए । यो बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ । चिली ५ खेलबाट ५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

यस्तै दक्षिण अमेरिकी छनोटमै कोलम्वियाले घरेल टोली पेरुलाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । कोलम्बिकयाको जितमा यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे । खेलको दुवै टोली १० खेलाडीमा समेटिएर खेलेको थियो । यो जितपछि कोलम्बिया ५ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'