फेरिएको रणनीति र खेल्ने शैली

काठमाडौं । नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालले भर्खर दुई खेल खेलेको छ । नतिजा एक जित र एक हारको छ । मैत्रीपूर्ण खेलमा इराकसँग ६–२ को हार र विश्वकप छनोटमा चाइनिज ताइपेईमाथि २–० को जित निकाल्यो । यस्तोमा तत्कालै उनको मूल्यांकन गरिहाल्नुपर्ने अवस्था बनिसकेको छैन ।

खेल तालिकाअनुसार नेपालले अब विश्वकप छनोटमा दुई खेल खेल्नुपर्नेछ, बलियो जोर्डन र अस्ट्रेलियासँग । नतिजा जस्तो आए पनि कुवेती प्रशिक्षक अलमुताइरीले आफ्नो लक्ष्य साफ च्याम्पियनसिपलाई रहेको बताउँदै आएका छन् । नेपाली टोलीको दुई खेलको प्रदर्शन हेर्दा प्रशिक्षक अलमुताइरीले केही परिवर्तन गरेको अनुभव गर्न सकिन्छ ।

बलियो टोलीविरुद्ध रक्षात्मक खेल्ने नेपालले यसपटक आक्रमक खेल पस्केको थियो । त्यही आक्रमक खेल खेल्दा युवा खेलाडीको जोशले भरिएको नेपालले इराकविरुद्ध २–१ को अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नतिजा ६–२ ले इराकलाई सुम्पिएको थियो । पक्कै पनि प्रशिक्षक अलमुताइरीले नेपालको खेल्ने शैलीमा परिवर्तन गरेका छन् । जसको नतिजा खेलमा देखिएको छ । गोल गर्न लामो समय पर्खनुपर्ने नेपालले अलमुताइरीको प्रशिक्षणमा लगातार दुई खेलमा गोल गर्न सफल भएका छन् ।

इराक र ताइपेईविरुद्ध समान २ गोल अर्थात् कुल ४ गोल । हुन त नेपालले यसअघिको प्रशिक्षकको प्रशिक्षणमा गोल गर्न र जित्न नसकेको होइन । बलिया टोलीविरुद्ध रक्षात्मक खेल्ने गरेको भन्ने मात्र हो । यही दुई खेलबाट नै नेपालको खेल्ने शैलीमा परिवर्तन आएको र नेपालको खेल नै माथिल्लो स्तरमा पुगेको भन्न तत्काललाई गल्ती हुनेछ । उनको मूल्यांकन हुन बाँकी नै छ ।

उनी स्वयंले ताइपेईमाथिको २–० को जितसँगै यो नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताएका छन् । ‘यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौं । केही धैर्य गर्नुहोस् । हामीले अझै धेरै गर्न र हेर्न बाँकी छ,’ अलमुताइरीले भने ।

बिहीबार राति नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गर्दै विश्वकप छनोटमा दोस्रो जित दर्ता गरेको छ । यसअघि नेपालले २१ महिनाअघि चाइनिज ताइपेइलाई नै २–० ले पराजित गर्दै विश्वकप छनोटमा पहिलो जित निकालेको थियो । त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।

विश्वकप छनोटमा कुवेतसँग पहिलो खेलमा ७–० को हार बेहोरेको नेपालले अर्को खेल १–० ले गुमाएको थियो । अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । कुवेतस्थित जवेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा नेपालको जितमा अन्जन विष्ट र सब्सिच्युट नवयुग श्रेष्ठले गोल गरेका थिए । यो जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । यससँगै नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ ।

नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहीन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अस्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५–५ खेलमा समान १०–१० अंक रहेको छ । नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दा अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउनेछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

अब नेपालले २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग खेल्दै छ । नेपाली खेलाडी पनि अलमुताइरीको प्रशिक्षणमा आशावादी छन् । पछिल्लो दुई खेलमा दुई गोल गरेका अन्जन विष्टले आफ्नो लक्ष्य सधैं टोलीलाई जित दिलाउनेमा हुने बताएका छन् । ‘गोलभन्दा पनि टोलीको जित्ने लक्ष्य थियो । हामीले प्रशिक्षकको रणनीतिअनुसार खेल्न सफल भयौं ।’ उनले भने, ‘विगतको तुलनामा प्रशिक्षक अलमुताइरीको आगमनसँगै टोलीमा परिवर्तन आएको महसुस भएको छ ।

पहिलाभन्दा अहिले खेल्ने शैली फेरिएको छ । हिजोको खेलमा पनि विपक्षीलाई दबाबमा राख्न सक्यौं । नयाँ रणनीति भएकाले पनि विगतभन्दा फरक रूपमा प्रस्तुत भएका छौं । राष्ट्रिय टोलीबाट चार गोल गरिसकेका विष्टले भने । यस्तै टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले अब्दुल्लाह अलमुताइरीले खेलाडीको मानसिकतामा निकै परिवर्तन गरेको बताएका छन् । साथै उनले प्रशिक्षक अब्दुल्लाह आइसकेपछि सबै खेलाडीमा आत्मविश्वास बढेको र सबैले हामीले राम्रो फुटबल खेल्न सक्ने र अझै राम्रो गर्न सक्ने भावनामा विकास भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट