Friday, June 18, 2021
Home अर्थ जोखिमबीच समृद्धिका पाइला

जोखिमबीच समृद्धिका पाइला

मधुजंग पाण्डे,

मधुजंग पाण्डे

एक वर्षभन्दा लामो समयदेखि जारी कोरोना महामारीका कारण अहिले मुलुकको हरेक क्षेत्र प्रभावित छ । कोरोना कहरकै कारण हाल बिहान कमाएर बेलुका खाने सामान्य वर्ग, दैनिक ज्यालादारीका श्रमिकदेखि उच्च घरानियाँ आर्थिक रूपले मजबुद उद्योगी-व्यवसायी सबैलाई प्रभावित पारेको छ ।

नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना महामारीबाट बच्ने उपायस्वरूप गत १६ वैशाखदेखि जारी निषेधाज्ञाका कारण उद्योग कारखाना राम्रोसँग चल्न पाएका छैनन् । निर्माण आयोजनाको काममा अवरोध भइरहेको छ । केही साताअघिसम्म सगरमाथा आरोहणको काम भए पनि अन्य पर्यटकीय गतिविधि ठप्प छ ।

वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपाली नागरिकले स्वदेश पठाउँदै आएको रेमिट्यान्स रकम भित्रिने क्रम पनि घट्दो छ । हाल विदेशमा रहेकाले कोरोना संक्रमित बिरामीलाई अत्यावश्यक स्वास्थ्यसम्बन्धी उपकरण र अन्य सामान पठाउने कार्यमा नै खर्च गरिरहेका छन् ।

न्यून संख्यामा बैंक खोलिए पनि अन्य आर्थिक गतिविधि सञ्चालन नभएपछि विभिन्न उद्योग÷प्रतिष्ठानमा कार्यरत कर्मचारी÷कामदार कामविहीन भएर त्यसै घरभित्र थुनिएर बस्नुपरेको अवस्था छ । यस्तो अवस्थामा लामो समय घरमा बसेर खानुपर्दा आफूसँग भएको पैसा घटाइरहेका छन् भने दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएको अरूसँग सापटी मागेर र ऋण लिएरै भए पनि अहिलेको भोक टार्ने प्रयास गरिरहेका छन् ।

नयाँ भेरिएन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीका कारण दैनिक हजारौंको संख्यामा संक्रमण देखिएको छ भने दैनिक सयौं जना बिरामीको मृत्यु भइरहेको छ । अझै मागअनुरूप अस्पतालका बेड र अक्सिजन ग्यासको अभाव धान्न मुस्किल परिरहेको अवस्था छ । यस्तो कोरोना कहरकाबीच अहिले आमनागरिक मात्र नभएर सरकार पनि समृद्धिको पाइला पछ्याउँदै अघि बढिरहेको छ ।

अहिलेको यस्तो जटिल अवस्थामा कोरोना महामारीको चपेटाबाट पार पाउन हाल सरकारले स्वास्थ्य परीक्षणमा सहजता र संक्रमित बिरामीलाई आवश्यक अस्पतालको पूर्वाधार विस्तार गर्दै अघि बढिरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी पूर्वाधार बढाउनु नै अहिलेको मुख्य काम भएको महसुस गरी सरकार यस्तो काममा निकै दत्तचित्त भएर लाग्ने प्रयास गरिरहेको छ । हाल मुलुकलाई र आमनागरिकलाई अत्यावश्यक ठानिएको कोरोना रोगविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी नयाँ नयाँ उपकरण भिœयाउने कार्यमा सरकार जुटिरहेको छ । गैरआवासीय नेपाली र अन्य विभिन्न संघसंस्थाको सहकार्य एवं पहलमा सरकारले आफ्नो देशमा नभएको सामान विभिन्न मुलुकबाट ल्याउने काम गरिरहेको छ ।

जसका लागि सरकारले कोरोना महामारीको कहरबाट पार पाउने र आमनागरिकको सामाजिक सुरक्षालाई जोड दिएर आगामी आर्थिक वर्षका लागि नयाँ बजेट सार्वजनिक गरेको छ । यस्तो कोरोना महामारीको चपेटामा परेका आमनागरिक र मुलुकले कोरोनासँग पौठेजोरी खेल्दै आइपर्ने अनेक समस्याबाट पार पाउनका लागि गत १५ जेठमा संघीय सरकारले विगत वषभन्दा ठूलो आकारको कुल १६ खर्ब ४६ अर्ब ५७ करोड रुपैयाँको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । झट्ट हेर्दा निकै जनपक्षीय देखिएको यो बजेटमा ठूला सुरुङ मार्ग निर्माणदेखि सामान्य नागरिकको व्यक्तिगत आकांक्षा पूरा गर्नेसम्मका अनेक विषयवस्तु समावेश गरिएको छ ।

हाल, मुलुकलाई र आमनागरिकलाई अत्यावश्यक ठानिएको कोरोना रोगविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी नयाँ नयाँ उपकरण भित्र्याउने कार्यमा सरकार जुटिरहेको छ

आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक भएको तेस्रो दिनदेखि नै अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेट भाषणमा प्रस्तुत भएका विभिन्न बुँदालाई पूर्णरूपले व्यवहारमा लागू गरी कार्यान्वयनमा ल्याएर मुलुकवासी नागरिकलाई लाभ पु¥याउन अर्थ मन्त्रालय मातहतका सबै निकायलाई निर्देशन दिन थालिरहेका छन् ।

कोरोना महामारीको यस्तो चपेटाबाट पार पाउँदै अघि बढ्न आगामी आवका लागि कुल १६ खर्ब ४६ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको संघीय सरकारले सो बजेट कार्यान्वयनमा चालू खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोडको लक्ष्य राखेको छ । यसैगरी, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँको लक्ष्य लिएको छ । त्यसैगरी, राजस्व संकलनका तर्फबाट कुल १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ करोड रुपैयाँ, आन्तरिक ऋणतर्फ २ खर्ब ५० अर्ब र वैदेशिक ऋणतर्फ ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँको स्रोत जुटाउने लक्ष्य लिएको छ ।

यो बजेटमार्फत कोरोनाले थलिएको मुलुकको आर्थिक गतिविधिलाई विस्तारै चलायमान बनाउँदै अघि बढ्ने लक्ष्यका साथ सरकारले आयकरका दायरा तथा दरमा केही हेरफेर गरेको छ । करदातालाई उनीहरूको आयस्तरका आधारमा छुट दिने घोषणा गरेको छ । आगामी बजेटले करदातालाई आयकरमा राहत दिएको छ । वार्षिक २० लाखसम्म कारोबार भएका करदाताललाई ९० प्रतिशत कर छुट पाउने व्यवस्था गरिएको छ । यसैगरी, वार्षिक २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था गरिएको छ ।

कोरोना (कोभिड–१९)बाट अत्यधिक प्रभावित होटल, ट्राभल, टेकिङ यातायात हवाई चलचित्र क्षेत्र र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरिएको छ । यस्ता व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पु¥याएको छ । कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४ अनुसार आव २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोज मसान्तभित्र नवीकरण शुल्क र जरिमानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिमाना छुट पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, सरकारले बजेटमार्फत विश्वका १० उत्कृष्ट विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनीलाई नेपालमा उद्योग सञ्चालनका लागि प्रोत्साहित गरेको छ । पेट्रोलियम सवारीलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरे ५ वर्षसम्म नवीकरण शुल्क छुट दिइने व्यवस्था गरेको छ । २०८८ सालसम्म पेट्रोलियम सवारीलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले आगामी आवको बजेटमार्फत यो योजना घोषणा गरेको हो ।

जसका कारण नेपालका विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीलाई करमा छुट दिइने नीति सरकाले लिएको छ । बजेटमार्फत गरिएको यस्तो नयाँ व्यवस्थाले अब कोरोना महामारीको चपेटामा परेका उद्योगी÷व्यवसायी तथा अन्य सरोकारवालाले राहत पाउने र सोही राहतका कारण मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने पाइला अघि बढाउन सहज हुनेछ ।

यसैगरी, सरकारले बजेटमार्फत उद्योगले प्रयोग गर्ने पेट्रोलियम पदार्थको भ्याट क्रेडिट सुविधा पुनस्र्थापित गरिदिएको छ । हाल विभिन्न उद्योगमा उपयोग गर्ने पेट्रोलियम पदार्थको भ्याट क्रेडिट सुविधा पाउने भएपछि कोरोनाको कहर भोग्न बाध्य व्यवसायीलाई केही राहत हुनेछ । अहिलेको बजेटमार्फत सरकारले यस्तो राहत उपलब्ध गराएको भन्दै निजी क्षेत्रका विभिन्न संघसंस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतले नयाँ बजेटको स्वागत गरेका छन् ।

संघीय सरकारले बजेट सार्वजनिक गरेसँगै अहिले मुलुकभरका सबै प्रदेश सरकारले पनि धमाधम आगामी आर्थिक वर्षका लागि नयाँ बजेट सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेका छन् । यस्तै तयारीका बीच सुदूरपश्चिम प्रदेश सरकारले आगामी बजेटमार्फत किसानलाई सबै बैंकबाट एक प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको छ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री देवी चौधरीले प्रदेश सरकारको कृषि बजेटमा यस्तो कार्यक्रम समावेश गरिने जानकारी दिएकी हुन् । यसअघि कृषि विकास बैंक र वाणिज्य बैंकबाट मात्रै दिइँदै आइएको यस्तो सुविधा प्रदेशको नयाँ बजेटमार्फत सबै बैंकबाट दिन मिल्ने बनाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी छ ।

कोरोनाले थलिएको मुलुकको आर्थिक विकासको मुख्य आधार कृषि नै भएकाले किसानलाई अनुदानभन्दा सहुलियतपूर्ण ऋणमा सरकारले जोड दिएको छ । केन्द्रीय सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सार्वजनिक गरेको बजेटपछि अहिले सुदूरपश्चिम प्रदेशकै जसरी अन्य सबै प्रदेश सरकारले मुलुकको परम्परागत कृषिलाई व्यावसायिक बनाउन कृषिलाई प्रविधिमैत्री बनाउने र किसानको मेहेनतले बजार पाउनेगरी आगामी नयाँ बजेटका कार्यक्रम ल्याउन लागिरहेको बताएको छ ।

कोरोना महामारीकै कारण देशका विभिन्न ठाउँमा उत्पादित कृषिजन्य उत्पादनले बजार नपाइरहेको गुनासो पनि उत्तिकै छ । कोरोना महामारीका कारण अहिले दूध र दुग्धजन्य सामग्रीको खपतमा समेत भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि करिब दैनिक रूपमा १० करोड रुपैयाँको दूध खेर गइरहेको छ ।

अघिल्लो वर्ष पनि यही मौसममा नै बन्दाबन्दी भएको र यसपटक पनि त्यही भएर अत्यन्तै अप्ठ्यारो भएको दुग्धजन्य वस्तुको कारोबारमा सम्लग्न व्यवसायीको गुनासो छ । पहिले सहज अवस्थामा दैनिक ३१ लाख लिटर दूध खपत हुने गरेकोमा हाल कोरोनाका कारण दैनिक १३ लाख मात्र खपत भएको उनीहरूको भनाइ छ । यस्तो अवस्थामा पनि आफूहरूले निरन्तर मागअनुसारको वस्तुहरू उपभोक्ता कहाँ पु-याउन लागिरहेको ती व्यवसायीको भनाइ छ ।

यस्ता मेहनेती व्यवसायी र आमसरोकारवालाको सहकार्यमा कोरोना कहरकाबीच अहिले मुलुकलाई आर्थिक रूपले सम्पन्न बनाउन समृद्धिको पाइला पछ्याउँदै अघि बढिरहेको सरकारले आगामी बजेट पूर्णरूपले कार्यान्वयन गराउन विभिन्न मन्त्रालगायत बजेट विनियोजन गरेको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

भाइले गोली हाने, दाइले बचाए

तुलसीपुर । सामान्य विवाद हुँदा अमिनलाई गोली हानेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निबासी...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

  लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने,...

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

ट्रेन्डिङ

कोरोना भाइरसले इटालीमा एकै दिन ६८३ को मृत्यु, अमेरिकामा महामारीकै रुपमा फैलियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को गम्भीर चपेटामा परेको इटालीमा बुधबार मात्रै ६८३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृत्यु हुनेको संख्या ७...

बर्खामा कच्ची सडक सञ्चालन गर्न नगरले सुरक्षाकर्मी राख्ने

बागलुङ । अविरल वर्षाको कारण बागलुङका अधिकांश ग्रामिण सड्क क्षतविक्षत छन् । ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध छन् । पहिरो र सडककोबीच हुँदै बग्ने...

पूर्वसदस्यसचिव सिंहको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । पूर्वफुटबल खेलाडीसमेत रहेका सिंहको शुक्रबार राति छाउनीस्थित आफ्नै...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७६ पुगेको...

आधा दर्जन खेलकर्मी विभूषित

काठमाडौं । सरकारले खेल क्षेत्रमा उल्लेख्य योगदान पु-याएका विभिन्न खेलका खेलकर्मीलाई मान पदवीद्वारा सम्मानित गरेको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल...

भेरीमा कोरोनाबाट थप २ जनाको मृत्यु, २० संक्रमित सिकिस्त

राँझा । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष...

सर्लाहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागि एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरीपुर्वा नगरपालिका वडा नं. ३ धनकौल बस्ने अन्दाजी ५५ वर्षीय वृद्ध...

कोभिड १९ को महामारीमा पत्रकार कसरी जोगिने ?

कुनै प्राकृतिक प्रकोप, महामारी तथा ठूला घटना भएको समयमा पत्रकार अझ सक्रिय हुन्छन् । पत्रकारिता पब्लिक सर्भिस हो । यो कहिल्यै पनि रोकिदैन ।...

चेल्सी र म्यानचेस्टरलाई सफलता

लन्डन । लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सफलता हात पारेका छन् । चेल्सीले घरेलु मैदानमा शनिबार राति भएको खलेमा वाट्फोर्डमाथि...

बाघको आक्रमणबाट जोगिन भन्दै सडकको ब्रेकर हटाइयो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा पर्ने खातादेखि कोठियाघाटसम्मको हुलाकी सडकमा बनाइएको ब्रेकर हटाइएको छ...

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान...

कांग्रेसका पुराना नेता रामबाबु प्रसाईंकाे निधन

काठमाडौं । नेपाली कांग्रेसको पहिलो पुस्ताका नेता रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)