Friday, June 18, 2021
Home Editor-Picks खोपको पर्खाइमा नागरिक

खोपको पर्खाइमा नागरिक

प्रशान्त वली,

प्रशान्त वली

कोरोना संक्रमणको जोखिमले आमनागरिक चपेटामा परेका छन् । कोही गम्भीर संक्रमण देखिएर अस्पतालको शय्यामा छटपटाउन विवश छन् त कोही होम आइसोलेसनमा छन् । कोरोनाको पहिलो लहर सकिएलगत्तै नेपालमा दोस्रो लहरले नराम्ररी प्रभावित पारेको हो । यस्तो अवस्थामा आमनागरिक खोपको पर्र्खाइमा छ । सरकारले सबैलाई खोप लगाउने प्रतिबद्धता जनाए पनि आमनागरिकहरू विश्वस्त हुन सकेका छैनन् त्यसैले उनीहरू चिन्तित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अनुदान, खरिद प्रक्रिया र कोभ्याक्स फ्यासिलिटजमार्फत नेपालमा अहिलेसम्म ३९ लाख मात्रा खोप भित्रिएको छ । अनुमानित २२ लाख नागरिकले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् । यस्तै, अनुमानित ४ लाख नागरिकले मात्रै खोपको दुईवटा मात्रा लगाएका छन् ।

सरकारले २०७८ पुस मसान्तसम्म आमनागरिकमा खोप पु-याउने लक्ष्य राखेको छ । स्वास्थ्य मन्त्रालयले आगामी पुस मसान्तसम्म २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।

२ करोड १३ लाख ५६ हजार ७ सय ६३ नागरिक खोपको प्रतीक्षामा छन् । खोप लगाउन योग्य जनसंख्यामध्ये २२ लाखले खोपको पहिलो मात्रा लगाएका छन् ।

खोप लगाउने लक्षित जनसंख्यामध्ये ठूलो संख्यामा नागरिकहरू खोपको आशामा छन् । कहिले खोप लगाउने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले ठोस जवाफ दिन सक्छ न त सरकारी अधिकारीले नै । सरकार कुन देशले खोप दिन्छ ? अनि लगाउने अभियान थालौंला भनेर कुरिरहेको छ ।

कोरोनाविरुद्धको खोप किन त ? खोप विज्ञ भन्छन्, ‘कोरोना विरुद्धको खोप लगाएपछि मृत्यु हुने सम्भावना करोडौंमा एक हुन सक्छ । त्यसैले खोप लगाउनुपर्छ ।’ हालसम्म ३९ लाख मात्रा खोप नेपाल भित्रिएको छ । तर, लक्ष्य चुम्न खोपको चरम अभाव छ । अहिलेसम्म जोखिममा काम गर्ने व्यक्तिहरू स्वास्थ्यकर्मी, सफाइकर्मी, पत्रकारलाई खोप उपलब्ध गराइएको छ ।

संक्रमणबाट बच्न खोप अपरिहार्य मानिन्छ । खोप विज्ञहरूका अनुसार खोपको मात्रा पूरा भए गम्भीर संक्रमण देखा पर्दैन । खोप विज्ञ डा. श्यामराज उप्रेतीका अनुसार खोपले संक्रमण भइहाले गम्भीर असर हुनबाट जोगाउँछ । डा. उप्रेतीले खोपको पहिलो मात्रा लगाएकालाई जहिले खोप दिए पनि दोस्रो मात्रा दिइने बताए ।

खोपको आसमा रहेका जनतालाई सरकारले खोप यही गतेबाट यो उमेर समूहलाई लगाउनेछौं भन्न सक्ने अवस्थामा छैन । कारण अहिलेसम्म कुनै पनि देशबाट खोपको परिमाण सुनिश्चितता हुन सकेको छैन । कोभ्याक्समार्फत नेपालले कुल जनसंख्याको २० प्रतिशत खोप पाउनुपर्नेहुन्छ । तर, कोभ्याक्स फ्यासिलिटीअन्तर्गत नेपालले हालसम्म ३ लाख ४८ हजार मात्रा प्राप्त गरेको छ । यो निकै न्यून मात्रा हो ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी १ करोड ३० लाख डोज खोप उपलब्ध गराउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन । बिहीबार मात्रै अमेरिकी सरकारले कोभ्याक्स फ्यासिलिटीअन्तर्गत नेपाललगायत देशलाई खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, कति मात्रा उपलब्ध गराउने परिणाम खुलाइएको छैन । यस्तै चीनबाट अनुदानस्वरूप उपलब्ध भएको थप २ लाख डोज अझै आएको छैन ।

खोप प्राप्तिका लागि सरकारले अमेरिका, चीन, रुसलगायतका देशलाई पटकपटक आग्रह गर्दै आए पनि अझै कति मात्रामा खोप आउने भन्ने सुनिश्चितता छैन । खोप उपलब्ध गराउन पत्राचार गरिएका देशले सकारात्मक जवाफ दिए पनि ठोस जवाफ दिन सकेका छैनन् ।

कम आय भएका मुलुकमा अति न्यून कोरोना खोप पुगेको छ । अधिकांश खोप यसअघि नै धनी मुलुकले खरिद गरिसकेकाले विपन्न राष्ट्रको पहुँच खोपसम्म पुग्न सकेको छैन ।

केही दिनअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले खोपलाई सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै यथाशीघ्र खोप ल्याउने प्रयास गरिरहेको बताए । अहिले धनी मुलुकहरूले लाखौं डोज खोप आफ्ना नागरिकका लागि खरिद गरिसकेका छन् ।

कम आय भएका मुलुकमा निकै कम मात्रामा कोरोना खोप पुगेको छ । अधिकांश कोरोना खोप यसअघि नै धनी मुलुकले खरिद गरिसकेकाले गरिब देशको पहुँच खोपमा पुग्न सकेको छैन ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कोरोना खोप कार्यक्रम विश्वका देशहरूबीचको असमान दौड बन्न पुगेको छ । यो मुख्य चुनौतीको विषय बनेको छ ।’ खोपका लागि अर्थ मन्त्रालयले ३८ अर्ब रुपैयाँ बजेट पनि सुनिश्चित गरेको छ । हाल नेपालमा कोभिसिल्ड र भेरोसिल खोप उपयोगमा आएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय चार, १५ देखि ३९ वर्षका बाँकी सबै १ करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाउने योजना छ ।

भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा कोभिसिल्ड खोप दिन नसक्ने बताएपछि साढे १३ लाख व्यक्तिले तत्कालै दोस्रो डोज लगाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए ।

सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान थालेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्ष माथिका व्यक्तिलाई पनि खोप लगाउन थालिएको थियो । कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्कालै दोस्रो डोज लगाउनुपर्ने भए पनि सरकारले ती व्यक्तिलाई अहिलेकै अवस्थामा खोप उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ ।

खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्नेहुन्छ । तर, दोस्रो डोज लगाउने समय घर्किए पनि भारतीय कम्पनीबाट खोप प्राप्त हुन सकेको छैन ।

डा. पोखरेलका अनुसार कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरूसँग छलफल भइरहेको छ ।

सरकारले उच्चस्तरीय संयन्त्र प्रयोग गरेर खोप प्राप्तिका लागि प्रयास गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना सहकक्षीमार्फत् भारत, चीन, अमेरिकालगायतका देशमा खोप प्राप्तिका लागि कुराकानी भइरहेको छ । स्वास्थ्य मन्त्रालयले खोप ल्याउन आफ्नो तर्फबाट कूटनीतिक पहल भइरहेको जनाएको छ ।

यस्तै, कोभ्याक्स फ्यासिलिटीसँग स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले समय–समयमा देशको आवश्यकतालाई ध्यानमा राख्दै तत्काल नभई नहुने खोपबारे, महामारीको अवस्थाबारे जानकारी गराएर पत्राचार गरिसकेको डा. पोखरेलले बताए । यद्यपि कहिलेसम्म, कति खोप आउने भन्ने यकिन जानकारीसहितको पत्र आएको छैन ।

सरकारले १४ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई र अन्य बाँकी जिल्लामा ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्ड खोप लगाएको थियो । सो खोप लगाएपछि विश्व स्वास्थ्य संगठनले ८ देखि १२ हप्तामा दोस्रो मात्रा लगाउन भनेको थियो ।

फागुन २३ भन्दापछि खोप प्राप्त गरेका ज्येष्ठ नागरिकहरू तथा नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि, अहिलेसम्म तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना छैन । करिब साढे १३ लाख नागरिकलाई दोस्रो मात्रा लगाउन कोभिसिल्ड, एस्ट्राजेनिका वा एस्केबायो एउटै प्रकृतिको खोप उपलब्ध गराइदिन पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा १६ हप्तासम्ममा पनि खोप लगाउँदा त्यसको प्रभावकारिता शून्य हुँदैन र रोगबाट बचाउन मद्दत पु¥याउँछ भनेर प्रमाणित भएको देखिएको छ ।

केही स्थानीय तहले खोप खरिद गर्ने पनि बताएका छन् । तर, सबै स्थानीय तहले आफैंले खोप खरिद गर्ने प्रक्रिया, भण्डारण, प्राविधिक कुरा, कोल्डचेनको व्यवस्थापन र त्यसबाट हुने जोखिम नियन्त्रण गर्न सम्भव नहुने स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ ।

संक्रमणदर केही दिन कम देखिए पनि यसबाट बच्न खोप अन्तिम विकल्प रहेकाले सरकार खोप खरिदमा तनमन भएर लाग्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

  पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश...

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले

काठमाडाैं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ ।  पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले शनिवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

ट्रेन्डिङ

प्रहरी कार्यालय नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । शुक्रबार साँझ पिसविन बाजुराको घर...

बाख्रा चराउन गएकी बालिकालाई बलात्कार प्रयाश

उदयपुर । उदयपुरको बिभिन्न स्थानमा बलात्कार प्रयास भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ की १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्ने १८ वर्षिय किशोर...

वामदेव गौतमको मुद्दामा आज सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेका दुई फरक निवेदनमाथि बुधबार सुनुवाइ गर्ने भएको छ । दुवै मुद्दाको...

सहमतिको मिलनबिन्दु खोज्दै अध्यक्षद्वय

काठमाडौं । सत्तारूढ नेकपामा जारी संकट समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलले दुईबीचको...

कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ जनाको मृत्यु

रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली...

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

प्रचण्डले अराजनीतिक प्रस्ताव ल्याएर पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको दोषारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो...

बजारमा अक्सिजन सिलिन्डर अभाव

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका...

डि लेग्ट तीन महिना मैदानबाहिर

टुरिन । इटालियन च्याम्पियन युभेन्ट्सका डिफेन्डर म्याथ्थिस डि लेग्ट तीन महिना मैदानबाहिर रहने भएका छन् । दाहिने कुमको सफल शल्यक्रियापछि डि लेग्ट कम्तीमा पनि...

देउताको कसमले अनुसन्धानमा सहज

मुगु । बलात्कार प्रयासपछि हत्या गरिएकी मुगु सोरु गाँउपालिका–९ कालै गाँउका नौ वर्षीया बालिका लक्ष्मी चौलागार्इंको हत्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको...

सर्लाहीमा सशस्त्रसँगको झडपमा एक भारतीयको मृत्यु, सशस्त्रका तीन जना घाइते, सशस्त्रको एउटा एसएलआर लुटियो

काठमाडौं । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झडप भएको छ । पर्सा गाउँपालिका– ३, नारायणपुरमा...

दाहसंस्कार गरिसकेका सिरहाका वृद्धमा कोरोना संक्रमण पुष्टि

लहान । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)