कोरोनाले छोरा र श्रीमानको निधनपछि चुलो बल्न छाड्यो

लमजुङ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमणबाट ४२ वर्षिय छोराको निधन भएपछि बृद्ध आमा र श्रीमतीको साँझ बिहानको छाक बसेको छ । सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडाको लामीखेतमा अर्काको घरमा बस्दै आएका राजु केसीको निधनपछि उनका आमा र श्रीमतीलाई बिहान बेलुकाको छाक टार्न धौ धौ परेको छ । केसीे तीन दिन अघि घरमै ढलेका थिए, घट्नास्थलमै उनको निधन भएको थियो ।

मध्यनेपाल नगरपालिका– १० को नेटा गाउँका राजु ७ वर्षअघि सुन्दरबाजर नगरपालिका– ३ को दुराडाँडा स्थित लामिखेतमा झरेका थिए । उनी अर्काको घरमा बस्थे । उनी त्यहाँ बसेर अर्काको जग्गामा अधिया खेती गर्थे र फुर्सदको समयमा ज्याला मज्दुरी गरी ७० वर्षिया आमा शिरमाया केसी ४२ वर्षिय श्रीमती प्रमिला केसीको पालन पोषण गर्दै आएको उनका छिमेकी समेत रहेका सो वडाका सदस्य डम्बर गुरुङले बताए ।

गरीबीकै कारणले गर्दा केसीले बिरामी हुँदा स्वास्थ्य परिक्षण समेत गर्न सकेका थिएनन् । गाउँमै निधन भएपनि छिमेकीले कोरोनाको आशंकामा गाउँलेले सदगतका लागि शव छुन समेत मानेनन् । उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अन्तिम संस्कार नेपाली सेनाले गरेको थियो ।

राजुकी आमा दुवै आँखा देख्दिनन् र उनको नागरिकता समेत नहुँदा सामाजिक सुरक्षा भत्ता समेत पाएकी छैनन् । उनी भारतमा जन्मेको कारण नागरिकता बन्न नसकेको वडासदस्य डम्बर गुरुङले बताए । बृद्धाको नागरिकता बनाउनका लागि आफू वडा सदस्यमा निर्वाचित भएदेखिनै निकै दौडधुप गरें पनि नसकेर थाकेर बसेको गुरुङको भनाई छ ।

राजु केसीको काजक्रिया संगोलको घर मध्यनेपाल नगरपालिका– १० को नेटामा बस्दै आएका उनका कान्छा भाइले गरिरहेको सुन्दरबजार नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपानेले जानकारी दिए ।

चुल्होमा आगोसमेत नबलेको जानकारीमा आएपछि सुन्दरबजार नगरपालिका– ६ स्थित न्यूश्रेष्ठ इन्टरप्राइजेजका प्रोपाइटर मेनुका श्रेष्ठले ती सासु बुहारीलाई तत्कालका राहत सहयोग गरेको बताएकी छन् । ती सासु बुहारीलाई तत्काल राहतका लागि एक बोरा चामल, तेल, दाल, चिनी, चना, आलु, नुन, चियापती, धुलो मसलासहितका आवश्यक खाद्यान्न सामग्री सहयोग पठाएको र ती सामग्री उनीहरू बसको ठाउँमा पुगेको श्रेष्ठले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल