Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समिति गठन

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समिति गठन

सुजीतकुमार झा,
sharethis

 

जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेपछि पहिलो कार्यको रुपमा जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि एक समितिको गठन गरेका छन् ।

मन्त्री अरगरियाले शुक्रवार राति नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८÷७९ मा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने विषयमा अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समितिको गठन गरेको जानकारी दिए ।

विश्वका हिन्दुहरूको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका विगतदेखि नै विभिन्न प्रकारको प्रयास हुँदै आए पनि हालसम्म सफल हुन सकेको छैन । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पर्यटकहरुका लागि आकर्षणको केन्द्र रहेको छ ।

जानकी मन्दिरमा राम र सीताको मूर्ति रहेको छ । जानकी मन्दिरमा निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।

भारतको जयपुरको लोहागढका साधु सुरकिशोर दासले जनकपुर पत्ता लगाएका थिए । भनिन्छ उनलाई जानकीले नै सपनामा यही मेरो जन्मभूमि रहेको बताएकी थिइन । शुरुमा उनले नै सानो कुटी बनाएर पूजा प्रारम्भ गरेका थिए । त्यही बेलादेखि जनकपुरमा पूजा गर्न बाहिर बाट साधु सन्तहरु आउन थाले ।

जानकी मन्दिरको वर्तमान स्वरुप टिकमगढकी महारानीले बनाएकी थिइन । भाकल गर्दा पुत्र प्राप्त भएपनि वृषभानु कुमारीले ९ लाखको लागतमा मन्दिर बनाएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन । जानकी मन्दिरको शिलान्यास सन् १८९४ मा गरिएको थियो भने सन् १९११ मा मन्दिरको निर्माण कार्य पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप नै हुने गर्छ । राम जन्मको अवसरमा प्रत्येक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसकै उदाहरण हो । जानकी मन्दिर ४हजार ८सय ६० वर्ग फÞीट क्षेत्रफलमा फैलिएको छ । जानकी मन्दिरलाई नेपालको सबैभन्दा ठूलो मन्दिर भनिन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

भगवान राम जानकीकै कारण भगवान बनेकाले पनि जानकी र जनकपुरको महत्व संसारभरी अत्याधिक रहेको विधायक सुरिता साह बताउँछिन । ‘जनकपुर आउनुभन्दा पहिला उनी एउटा राजकुमार मात्रै थिए ।’ विधायक एवं सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादवले पशुपतिनाथ पछि नेपालमा पर्यटकका लागि जानकी मन्दिर, गौतम बुद्धको जन्मस्थल र सगरमाथा रहेको बताए । जानकी मन्दिरमा तीन पटक आरती हुन्छ । आरतीको बेला भीड लागेको हुन्छ । जानकी मन्दिरमा २४ घण्टे रामनाम संकिर्तण हुनुका साथै राम जानकीसंग जोडिएको संग्रहालय पनि रहेको छ । मन्दिरमा आउँदा कोही प्रसादी चढाउँछन, कोही मुण्डन गराउँछन, कोही अन्य कार्य गर्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 161 times, 1 visits today)

आजको समाचार

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

साताका लोकप्रिय समाचार

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

तक्मा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

  काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा...

ट्रेन्डिङ

नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात

काठमाडौं । सत्तारूढ दल नेकपाको आधिकारिकता र निर्वाचन चिह्नको विषय निर्वाचन आयोगमा पुगे पनि आयोगले त्यस सम्बन्धमा कुनै छानबिन थालेको छैन । आयोगले पुष्पकमल...

ताते मुख्य सचिव: अक्सिजन अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड रोकथाम, नियन्त्रण र उपचार शसक्त बनाउन निर्देशन दिएलगत्तै मुख्य सचिव शंकरदास वैरागीले सातै प्रदेश प्रमुख सचिवमार्फत ‘कुनै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)