यस वर्षको हिमाल आरोहण सकियो

 

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो लहरमा फैलिएको कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको बसन्त ऋतुका लागि स्वीकृति पाएका सगरमाथालगायत सबै हिमाल आरोहण सकिएको छ । यो मौसममा विश्वको सर्बोच्च शिखर सगरमाथासहित कुल १६ वटा हिमाल आरोहणका लागि स्वदेशी र विदेशी गरी ७४२ जना आरोहीले अनुमति लिएका थिए ।

जसमध्ये विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि मात्र ४ सय आठ जनाको आरोहण अनुमति जारी भएको थियो । यो वसन्त ऋतुको एउटा मौसममा मात्र जारी भएको अहिलेसम्मकै बढी आरोहण गर्न जानेको संख्या भएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार अहिले यस वर्षको आरोहण अभियान सबै हिमालमा पूरा भएको छ । हाल सगरमाथा आधार शिविरबाहेक अन्य सबै हिमालबाट आरोही हिमाली क्षेत्रबाट फिर्ता भइसकेको विभागको पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

अहिले सगरमाथा आधार शिविरबाट केही आरोही र उनीहरूका सहयोगी र्फकने क्रममा रहेको जानकारि गराउँदै आचार्यले भनिन्, ‘अरू हिमालबाट सबैजसो फर्किसकेका छन् ।’

उनले हाल सरकारले हिमाल आरोहणमा गएकाहरूलाई पनि काठमाडौं फर्किएपछि होटल क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाईदिएका कारण कतिपय आरोही र उनीहरूका सहयोगी सगरमाथा आधार शिविरबाट विस्तारै पदयात्रा गर्दै र्फकने क्रममा रहेको हुन सक्ने बताइन् ।

यसैगरि, उनले अहिले विगतका वर्षहरूमा जस्तो पर्याप्त हवाई उडान नखुलेका कारण काठमाडौं आएपछि पनि आरोहीहरूले आफ्नो गन्तब्यमुलक मुलुकतर्फ र्फकनसमेत पालो कुर्नुपर्ने भएकाले केही आरोही सगरमाथा क्षेत्रबाट बिस्तारै काठमाडौं आउने गरेको जानकारी गराइन् ।

अहिले सगरमाथालगायत विभिन्न हिमाल आरोहणमा गएर फर्किनेको तथ्यांक विश्लेषण सुरु गरिएको पर्यटन विभागले जनाएको छ ।

आफ्नै कीर्तिमानी तोडेर २५औंपटक सफलतापूर्वक सगरमाथाको शिखर चुमेका कामीरिता शेर्पाले गत २४ वैशाखमा पहिलोपटक सगरमाथा चढेदेखि सुरु भएको यस वर्षको सगरमाथा आरोहणको क्रममा लामो समय आधारशिविरमा बसेर फर्किएकी विभागकी निर्देशक आचार्यले यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्यांक आउन भने केही समय लाग्ने जानकारी दिइन् । यो वर्ष सफल आरोहण गरेका आरोहीको संख्या उनीहरूको आरोहण व्यवस्थापनमा समलग्न ट्रेकिङ कम्पनीहरूले गर्ने ब्रिफिङपछि मात्र निश्चित हुने उनले बताइन् ।

यो पटक अनलाइन डि–ब्रिफिङ र त्यसपछि डि–ब्रिफिङ गरिँदै छ । अनलाइन डि–ब्रिफिङ नभरेमा आरोहण प्रमाणपत्र जारी हुँदैन । यस बेला आरोहण दलका सदस्य के–कुन माध्यमबाट के कसरी काठमाडौं आइपुगे भन्ने विवरण समेत राख्नुपर्छ । डि–ब्रिफिङको क्रममा आरोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल/असफल आरोहीको विवरण सहितको प्रतिवेदन विभागमा पेस गर्नुपर्छ । त्यसबेला सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दल’bout विवरण समेत पेस गर्नुपर्ने गरी किडा नियम बनाइएको विभागले जनाएको छ ।

यसरी संकलन भएको विवरणअनुसार संख्या यकिन गर्न केही समय लाग्ने भन्दै उनले यस्तो कोरोना महामारीको समयमा पनि सफलतापूर्वक सम्पन्न आरोहण अभियानले नेपालको पर्यटन क्षेत्रलाई भने धेरै राम्रो र सकारात्मक उर्जा दिएको बताइन् । उनले यो मौसममा सगरमाथामा विभिन्न किसिमका नयाँ रेकर्ड कायम भएको र आरोहणके क्रममा चारजनाको मृत्यु भएको जानकारी गराइन् ।

झन्डै एक वर्ष भन्दाबढी समयदेखि ठप्प भएको मुलुकको पर्यटन क्षेत्रमा अहिलेको यो सगरमाथालगायत विभिन्न आरोहण अभियान सफलतापूर्वक सम्पन्न भएकाले संसार जगतमा नेपालको गौरव थप बढाइदिएको उनको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी