राउटे युतीलाई अर्धनग्न बनाएर भिडियो खिच्ने तीन जना पक्राउ

 

काठमाडौं । राउटे समुदायका युवतीलाई अर्धनग्न बनाएर जबरजस्ती भिडियो बनाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो ।

युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ ।

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन् । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब