Friday, June 18, 2021
Home सौजन्य धुम्रपान निरुत्साहितको विकल्प कर वृद्धि

धुम्रपान निरुत्साहितको विकल्प कर वृद्धि

कुमार राउत,

कुमार राउत

चुरोटको सेवनलाई घटाउने वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्य वृद्धि हुनसक्छ । कर वृद्धि गरियो भने स्वतः मूल्य वृद्धि हुन्छ । विश्व बैंकका अनुसार, चुरोटको मूल्यमा हुने १० प्रतिशत बृद्धिले मात्रै पनि उच्च आयदर भएका मुलुकहरुमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुकहरुमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यबृद्धिले पनि करीब ४ करोड २० लाख मानिसहरुले धुम्रपानको लत छोड्ने र त्यसको परिणामस्वरुप कम्तिमा १ करोड मानिसहरु चुरोटसम्बद्ध रोगका कारण मर्नबाट बच्नेछन् । यो कुरा नेपालको हकमा पनि लागू हुन्छ ।

धुम्रपान सेवनकर्ताहरुलाई मात्र हैन, अरु चुरोट नै नखाने मानिसहरुका लागि पनि त्यत्तिकै खतरनाक र खराब छ । तर चुरोटको व्यापार मात्रै त्यस्तो एउटा कानूनी व्यापार हो, जसले मानिसको अकाल मृत्यु तथा हत्या गरिदिन्छ । यसले तिर्ने ठूलो परिणामको करको कारण विश्वभरिकै देशहरुमा मृत्युको यो व्यापारले कानूनी मान्यता पाइरहेको छ । त्यसैले यसको व्यापारलाई हामी पूर्ण रुपमा ठप्प पार्न त सक्दैनौं ।

नेपालमा कर
बजेटमार्फत सरकारले सुर्ती र चुरोटमा कर बढाएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सुर्ती र चुरोटमा लाग्दै आएको अन्तःशुल्क बढाएको हो । जसअनुसार डाँठबाट नछुट्याइएको वा ननिकालिएको सुर्तीमा प्रतिकेजी ९५ रुपैयाँबाट बढाएर १ सय १८ रुपैयाँ पु-याइएको छ । आंशिक वा पूर्णरूपमा डाँठबाट छुट्याइएको वा निकालिएको सुर्तीमा प्रतिकेजी १ सय १८ रुपैयाँ बनाएको छ ।

सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली १७ रुपैयाँबाट बढाएर अन्तःशुल्क २१ रुपैयाँ पु-याइएको छ । यसैगरी, चुरोटमा प्रतिएम अन्तःशुल्क ४ सय ९५ रुपैयाँबाट बढाएर ६ सय १८ रुपैयाँबाट पु¥याइको छ । ७० मिमीसम्म लम्बाइ भएको चुरोट प्रतिएममा १ हजार १ सय ३५ रुपैयाँबाट बढाएर १ हजार ४ सय १८ रुपैयाँ अन्तःशुल्क पु¥याइएको छ । त्यसैगरी, ७० भन्दा बढी ७५ मिमीसम्म १ हजार ४ सय ७५ रुपैयाँबाट बढाएर १ हजार ८ सय ४३ रुपैयाँ प्रतिएमएम बनाएको छ । ७५ भन्दा बढी ८५ मिमीसम्म लम्बाइ भएकोमा प्रतिएमएम १ हजार ९ सय २० रुपैयाँबाट बढाएर २ हजार ४ सय रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ भने ८५ मिमीभन्दा बढी लम्बाइको चुरोटको हकमा २ हजार ८ सय १५ रुपैयाँ अन्तःशुल्क रहेकामा अब ३ हजार ३ सय ९३ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, तयारी बिँडीको हकमा प्रतिएम ९० रुपैयाँबाट ९४ रुपैयाँ कायम गरिएको छ । सबै प्रकारका सिगारमा प्रतिसिगारमा १७ रुपैयाँबाट बढाएर २१ रुपैयाँ कायम गरेको छ । पाइप टोबाकोको हकमा प्रतिकेजी १ हजार ३ सय ३५ रुपैयाँबाट बढाएर प्रतिकेजी १ हजार ६ सय ६८ रुपैयाँ कायम गरिएको छ । चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको हकमा प्रतिकेजी २ सय ७५ रुपैयाँबाट बढाएर ३ सय ४३ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी हुक्का फ्लेवरमा प्रतिकेजी १ हजार रुपैयाँबाट बढाएर १ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

कसरी घटाउने
विश्वका थुप्रै मुलुकहरुमा काम गर्ने ठाउँमा चुरोटको सेवनमा प्रतिबन्ध लगाइने गरिन्छ भने त्यो प्रतिबन्ध लगाउनको लागि आवाज उठाउनुलाई कामदारहरुको कानूनी अधिकारको रुपमा समेत मान्यता दिने गरेको पाइन्छ । त्यसै गरी, सवारी साधन, सार्वजनिक स्थलहरु, रेष्टुराँ, होटेल, पार्क, सिनेमा हल, सभास्थल जस्ता मानिसहरुको बढी आवतजावत हुने स्थानमा धुम्रपान गर्न नपाउने कुरा उठाउनुलाई नागरिकको कानूनी हकको रुपमा स्थापित गर्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ ।

नेपालमा पनि कार्य क्षेत्र तथा सार्वजनिक स्थानहरुमा चुरोट सेवनका विरुद्ध आवाज उठाउनु पाउने कुरालाई व्यक्तिको मौलिक र कानूनी हकको रुपमा मान्यता दिइनुपर्छ । यसले मृत्युको व्यापारलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न सक्छ ।

घर वरिपरि र कार्यस्थललाई कडाइका साथ धुम्रपान निषेधित क्षेत्र घोषित गर्ने । घरभित्र धुम्रपान नगर्ने । आफ्ना कार्यकक्ष, घर वा कोठामा, सार्वजनिक स्थलहरुमा चुरोट पिउने मानिसलाई चुरोट नपिउनका लागि सोझै अनुरोध गर्ने वा आपत्ति प्रकट गर्ने ।

कार्यालय, सार्वजनिक स्थलहरुमा तर घरमा नै पनि चुरोट पिउन पाउने क्षेत्र तोकिदिने । त्यहाँभन्दा बाहिर चुरोट पिउनेलाई बहिस्कार गर्ने वा दण्डित गर्ने प्रावधान बनाउने । यसरी सार्वजनिक स्थलमा धुम्रपानलाई पूरै निषेध गर्ने हो भने त्यसको नतिजा आश्चर्यजनक हुने छ । उदाहरणको लागि, केही वर्ष पहिले अमेरिकामा गरिएको अध्ययनले के देखायो भने सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरिदिनेबित्तिकै ६ महिनाको अवधिमा मात्रै पनि हृदयघातको समस्यामा ४० प्रतिशतले कमी आएको थियो ।

बच्चालाई टाढा राखौं
बच्चाहरुले चुरोट खान छिटो सिक्ने गर्छन् । यसबाट बच्ने उत्तम उपाय भनेकै चुरोटका खराबीहरुबारेमा स्कुले बच्चाहरुलाई औपचारिक शिक्षा दिनुनै हो । त्यसबाहेक, बच्चाहरु तथा अपरिपक्व मस्तिष्क भएकाहरुलाई आकर्षित गर्ने चुरोटका कुनै पनि किसिमका विज्ञापनहरुमा पूरै प्रतिबन्ध लगाइनुपर्छ । नेपालमा रेडियो तथा टेलिभिजनहरुमा त चुरोट तथा मध्यपानको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । तर यो पूर्ण छैन । यो प्रतिबन्धलाई सबै किसिमका सञ्चारमाध्यमहरुमा पनि लागू गरिनुपर्छ ।

विशेषतः सार्वजनिक स्थलहरुमा र अरु जहाँ कहीँ पनि कम उमेरका बच्चाहरुले चुरोट सेवन गरेको पाइएमा त्यसलाई निरुत्साहित गरिनुपर्छ । १८ वर्षभन्दा कम उमेरका लागि चुरोट बेच्ने र त्यस उमेर समूहका मानिसले चुरोट सेवन गर्ने कुरालाई समेत दण्डनीय अपराधको रुपमा परिभाषित गरिनुपर्छ ।

बच्ने कसरी
मृत्युको व्यापारको सौगातको रुपमा हामीले भोग्नु परिरहेको हत्यारा धुँवाको खराब असरबाट बच्ने एउटै मात्र उपाय हो– त्यसको अनियन्त्रित विक्रीवितरणमाथि कडाइका साथ नियन्त्रण, अनि सार्वजनिक स्थानहरुमा धुम्रपानमा जबरजस्त प्रतिबन्ध । विश्वका थुप्रै मुलुकहरुले यो नियम लागू गरिसकेको छ । हाम्रै छिमेकी देश भारतमा समेत यस खालका नियम बनिसकेको छ र सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई एक पटकमा भारु. दुई सय रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान बनिसकेको छ ।

नेपालमा पनि त्यस्तै नियम कानून बनाउने र त्यसलाई कडाइका साथ लागू गर्न ढिलो गर्नु हुँदैन । यस दिशामा मार्ग प्रशस्त गर्दै जुन १३, २००६ का दिन नेपालको सर्वोच्च अदालतले सार्वजनिक ठाउँमा धुम्रपानमा प्रतिबन्ध लगाउनका लागि सरकारलाई कानून बनाउन र त्यसलाई कडाइका साथ तत्काल लागु गर्न निर्देशन दिएको थियो । त्यस यता धेरै समय बितिसकेको छ र कानूनहरु पनि बनिसकेका छन् तर व्यवहारमा नै पनि सार्वजनिक स्थानहरुमा धुम्रपान निषेध गर्ने कुरालाई लागू हुन सकेको छैन ।

मृत्युका व्यापारमा नेपालका पूर्व राजघरानादेखि ठूला व्यापारी तथा राजनेताहरुसमेतको स्वार्थ गाँसिएको र राजस्वमा ठूलो हिस्सा यसैबाट प्राप्त भइरहेको यथार्थका कारण त्यो कार्यान्वयन हुन नसकेको पृष्ठभूमिमा अविलम्ब मृत्युका व्यापारलाई नियन्त्रण गर्नेतर्फ पहल गर्न सरकारमाथि प्रभावकारी जनदवाब सिर्जना गर्नु जरुरी भएको छ ।

विश्वव्यापी असर
चुरोट खाने र त्यसबाट सिर्जित सेकेन्ड ह्यान्ड स्मोकको प्रभाव के विकसित के अल्पविकसित सबै मुलुकहरुमा भयावह नै देखिन्छ । अमेरिका जस्ता विकसित मुलुकमा अनि विश्वव्यापी रुपमा नै पर्ने यो समस्याको भयावह असरको चित्रलाई उजागर गरिदिन्छः

अमेरिकामा वर्षेनी ४ लाख ३८ हजारमा मानिसहरु धुम्रपानसँग सम्बन्धित रोगहरुका कारण मर्ने गर्छन् । यो संख्यामा चुरोट खाने मानिसहरु मात्रै हैन, सोझै चुरोट नखाने तर चुरोटका अम्मली वरपर बसेर चुरोटको धुँवामा हुने क्यान्सरजन्य रसायनले गाँजेका मानिसहरु र आमाबाबुले चुरोट खाएकै कारण समयअगावै जन्मिएका बच्चाहरु समेत पर्ने गर्छन् । चुरोटकै कारण उत्पन्न स्वास्थ्य समस्याको उपचारको क्रममा अमेरिकामा मात्रै वर्षेनी १६७ अरब डलर खर्च हुने गर्छ ।

धुम्रपान गर्ने गर्भवती महिलाले जन्माउने २० देखि ३० प्रतिशत बच्चाहरु कम तौलको हुने गर्छ । त्यस्ता महिलाले जन्माउने थुप्रै बच्चाहरुको अकाल मृत्यु हुने र बाँचेकाहरुमध्ये पनि धेरैजना फोक्सो समस्याग्रस्त हुने गर्छन् ।

पन्छाउन सकिने मृत्युका प्रमुख कारणहरुमध्ये चुरोट संसारमा त्यस्तो दोस्रो प्रमुख कारण हो, जसले गर्दा संसारमा वर्षेनी लाखौं मानिसहरु मर्ने गर्छन् । विश्वभरिमा धुम्रपानको कारणले मर्ने मानिसहरुको संख्या एड्स, लागू औषध तथा उपचारमा प्रयोग हुने औषधीहरुको दुस्प्रभाव, सडक दुर्घटना, हत्या र आत्महत्याका कारण हुने मृत्युको संख्यालाई जोड्दा आउने कूल संख्याभन्दा पनि बढी हुन आउँछ ।

यस्तो छ तथ्यांक
वर्षेनी सूर्तीजन्य पदार्थको सेवनले वर्षेनी ७० लाख मानिसहरु मर्ने गर्छन् । धुम्रपानको अहिलेको गति वा रुपमा परिवर्तन नआउने हो भने आगामी सन् २०३० सम्ममा प्रतिवर्ष ८० लाख मानिसहरुको मृत्यु सूर्तीजन्य पदार्थको सेवनकै कारण हुनेछ । त्यसबेलासम्म अहिले धुम्रपान गर्ने करीब ६ करोड ५० लाख मानिसहरुमध्ये आधा मानिस मरिसक्ने आँकलन विश्व स्वास्थ्य संगठनले गरेको छ । संगठनको तथ्यांकअनुसार विश्वभरिमा हुने मृत्युको ८.८ प्रतिशत कारण धुम्रपान नै हुने गरेको छ । यो संख्या भनेको प्रतिवर्ष करीब ५ मिलियन र दिनको हिसाबले १३ हजार ५०० जना हो ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

  ३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

ट्रेन्डिङ

कारागारमा सामाजिक दुरी कायम गर्न कठिन

बागलुङ । जिल्ला कारागार कठिन क्षमता भन्दा अधिक कैदीबन्दी हुँदा सामाजिक दुरी कायम गर्न कठिन भएको छ । विभिन्न मुद्दामा कैद फैसला भई फरार रहेको...

ठूलाे पार्टी भएर पनि मुख्यमन्त्री बन्न पाएनन् तेजस्वी

पटना । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री...

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

किशोरीलाई बलात्कारपछि विष खुवाएर मार्ने पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कारपछि विष खुवाएर हत्या गर्ने पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय बिकास कुमार खाँलाई शनिबार प्रहरीले...

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ...

बाल पेन्टिङमा सेलिब्रेटी उतार्दै पोखरेली अनिश

काठमाडौं । विभिन्न कलाकार तथा सेलिब्रेटीलाई भित्तेचित्रमा उतार्नु चित्रकार अनिश बानियाँको अनौठो सोख रहेको छ । पोखरा नगरपालिका १६ लामाचौंर, बानियाँथरका बासिन्दा अनिशको घर...

कोरोना त्रास : ४४२ जना कैदी बन्दी छुटे

काठमाडौं । कोरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४ सय ४२ जना कैदी बन्दीले कैद छुट पाएका छन् ।...

पूर्वबक्सर शर्मालाई आर्थिक सहयोग

काठमाडौं । पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको...

निजामती विधेयक : अझै संशोधनका विकल्प

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक बहुमतका अधारमा पारित गरेपछि कर्मचारी आन्दोलित भएका छन् । संघीय कर्मचारीको सेवासम्बन्धी...

भूमिहीन किसानलाई जुहीको जग्गा

मुम्बई । अभिनेत्री जुही चावलाले फार्मका लागि तयार गरिएको आफ्नो खेत गरिब किसानलाई खेती गर्न दिएकी छन् । उनले मुम्बईबाट केही टाढा जैविक खेती गर्न...

निको हुँदै कोरोना संक्रमित : आज चार जना डिस्चार्ज हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन् । पर्साको नारायणी अस्पतालमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)