मन्त्री पद खुस्किएपछि सुटकेस बोकेर मोटरसाइकलमा बाहिरिए जितेन्द्र सोनल

 

जनकपुरधाम । प्रदेश २ को भौतिक पूर्वाधारमन्त्री पदबाट बर्खास्त जितेन्द्र सोनल एउटा सुटकेश लिएर मोटरसाइकलमा मन्त्री निवासबाट बाहिरएका छन् । सोनलले आज विहानै कर्मचारी सहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट बाहिरएका थिए ।आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका छन् ।

आइतवार राती प्रदेश सरकारले ठाकुर पक्षका सोनल सहित थप ३ राज्यमन्त्री समेतलाई कार्यसम्पादन संतोषजनक नरहेको भन्दै बर्खास्त गरेका थिए ।

बर्खास्त गरिएका राज्यमन्त्रीहरुमा डा. डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मा रहेका थिए । महन्थ ठाकुर पक्षका समाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग वन पर्यटन मन्त्री रामनरेश रायले खेमा परवर्तन गरी उपेन्द्र यादव पक्षमा गएकाले उनीहरुको पद जोगिएको थियो ।

मन्त्री निवासबाट बाहिरिनु अघि उनले आफूलाई पार्टीले अन्य जिम्मेबारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘म मन्त्री रहुँ वा नरहुँ देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरिरहनेछु ।’ उनले भने ।

यता प्रदेश २ को प्रदेशसभा बैठकमा जसपाको महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ । आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्य सहभागी नभएका हुन् ।

ठाकुर पक्षीय सांसदहरुले पार्टी विधान विपरीत संसदीय दलको नेता चयन गरिएकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नभएको सचेतक परमेश्वर साहले जानकारी दिए । उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नभएको बताए । प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि