नगर प्रमुखको टोली स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब परिक्षण गर्दा ४१ जनामा कोभिड संक्रमण देखिएको हो । उक्त टोलको ९५ जनाको स्वाब परिक्षण गर्दा ४१ जनामा कोभिड संक्रमण देखिएको वडा अध्यक्ष गोबिन्द दुलालले जानकारी दिए ।

उक्त गाउँको एकै घरमा ६ जना सम्ममा कोभिड संक्रमण देखिएको छ । केही दिन पहिला सोही गाउँका एक शिक्षकको कोभिडको कारण मृत्यु भएपछि एकैपटक ९५ जनाको कोभिड परिक्षण गरिएको थियो ।

सिन्धुरेघारीको सिंगै गाउँ कोभिडको संक्रमण परेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी सहितको टोलीले स्वास्थ्य सामाग्री सहति घर घरमा पुगेको थियो ।

कोभिड संक्रमण रोक्न र बिरामीहरुको अबस्था बुझनका लागि स्वास्थ्य सामाग्री सहित सिन्धुरेघारी गाउँ पुगेको नगर प्रमुख रामचन्द्र चौधरीले बताएका छन् । घर घरमा कोभिड बिरामीहरुको अबस्था’bout पनि जानकारी लिएको नगर प्रमुख चौधरीले बताए ।

बिरामीको हौसला बढाउने र कोभिड संक्रमण नियन्त्रणको लागी सचेतना जगाउने उदेश्यले संक्रमितको घर घरमा पुगेको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोरेन्द्र निरौलाले बताए । स्वास्थ्यकर्मी सहित र बिरामीलाइ आवश्यक स्वास्थ्य समाग्री लिएर बिरामीलाइ भेटन पुगेको उपसचिब निरौलाले जानकारी दिए ।

बिरामीको ज्वरो नाप्ने,अक्सिजन मापन,ज्वरोको औषधी र हाइजनिक किट सहित घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यकर्मी मातृका चालिसेले बताए ।

संक्रमितहरुलाई मास्क ,सेनिटाइजर ,साबुन टाबेल ,बुरुस , मन्जन ,औषधी लगायतका स्वस्थ्य सामाग्रीहरु बितरण गरिएको स्वास्थ्यकर्मी चालिसेले जानकारी दिएका छन् ।

टोलीमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने, शसस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका डिएसपी दिपेन्द्र बिष्ट,स्वास्थ्यकर्मी तथा संचारकर्मी समेत रहेका थिए । सो टोलीले चन्द्रपुर नगरपालिका वाड नं. ८ बेतौनाका संक्रमितहरुको अबस्था ’bout समेत घर घरमा चासो ब्यक्त गरेको थियो । बेतौनाटोलमा पनि ९० जनाको कोभिड परिक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो ।

रौतहटमा हाल सम्म कोभिडको कारण १ सय ९ जनाले ज्यान गुमाइसकेका छन भने अझै ७ सय १७ जना सक्रिय संक्रमित रहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित