१७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा बालविवाह भइरहेको सूचनाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बेहुलीका बुबा सोही ठाउँका रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका ४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका ८ का सुरेन्द्र मेहता रहेका छन् । रामनारायणले जेट २२ गते आफ्नी १७ वर्षीया छोरीलाई २४ वर्षीय भरत मण्डलसँग बिहे गराउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मुलुकी अपराध संहित २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने कानूनी प्रावधान रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित