Friday, June 18, 2021
Home भर्खरै जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

कोरोना आशंकामा छिमेकीले लास छुन्नौ भनेपछि दुई छोरीले गरे अन्त्येष्टि

ईश्वर तामाङ,

उदयपुर । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् । उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् ।

आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदी बहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शबयात्रा गरी दाहसंस्कार गरेका हुन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफनो समुदायका आफन्त र दाजु भाइ छैनन् । स्थानीयले शव नछुने तर, अन्य सहयोग गर्ने भनेपछि दुई छोरीले संस्कार अनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ आएर बसेका थिए । दुई छोरी र श्रीमती सहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

लामो समय देखि पेटको समस्याले बिरामी परेका बालबहादुर बैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले शब छुन नचाहेको स्थानीयबासीले बताए ।

‘बुबाको हामी आफैंले शबयात्रा गरेर दाहसंस्कार ग¥यौं’ छोरी भगवतीले भनिन् ‘अब मगर संस्कार संस्कृति अनुसार काजकिरिया पनि गर्छौं ।’ मगर संस्कार अनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने छ । अहिले दुई छोरी कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेका छन् ।

मृतक थापाको १ छोरा २ छोरी छन् । छोरा गरिबीका कारण कमाउन भारतको कोइला खानीमा गएका छोरा अझैसम्म फर्किएका छैनन् ।

(Visited 242 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी

लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा...

आशा जगाउँदै शैक्षिक बजेट !

यसपटक कोरोनाले शैक्षिक क्षेत्र अस्तव्यस्त नै बनायो । गत वर्षबाटै लकडाउन, सटडाउन बेहोरेको यो क्षेत्रले कहिले लय लिने हो ? यकिन छैन । सरकारले...

ट्रेन्डिङ

राजस्व छली गर्नेहरू भागाभाग

काठमाडौं । राजस्व छली गर्नेहरूमाथि सरकारले आक्रामक कारबाही थालेपछि उनीहरूको सातो जान थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले...

सुरक्षाका सात सूत्र

सुरक्षा हाम्रो आधारभूत आवश्यकता हो । सुरक्षित वातावरणभित्रै सबैले आ–आफ्नै नियमित क्रियाकलाप र गतिविधि सञ्चालन गर्ने भएकाले सबैका निम्ति सुरक्षा उत्तिकै महत्वपूर्ण मानिन्छ ।...

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित, कुल संक्रमित १२२८ पुगे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका...

सिन्धुपाल्चोकमा जारी ब्याडमिन्टन प्रतियोगीता प्रिन्स दाहाल र नविन श्रेष्ठ फाइनलमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारामा जारी सर्वाधिक धनराशिको ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत राष्ट्रिय पुरुष एकलतर्फ को फाइनल खेलमा प्रिन्स दाहाल र नविन श्रेष्ठ भिड्ने भएका छन्...

सुन ताेलामा एक हजार ६०० वढ्याे

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  एक हजार ६०० रूपैयाले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक...

प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

काठमाडौँ । प्रेस सङ्ग्रहालय स्थापनाको अभियानमा रहेको प्रेस काउन्सिल नेपाललाई नेपाल प्रेस इन्स्टिच्यूटले आज एउटा हाते टाइपराइटर प्रदान गरेको छ । ट्राभलर डिलक्स एस...

सन्दकपुरमा ड्रोन उडाउने १० नेपाली एसएसबीको नियन्त्रणमा

इलाम । इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उडाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । सन्दकपुर...

तीन दलको निश्कर्ष : संसद विघटन संविधानमाथिको आक्रमण

काठमाडौं । आज बसेको प्रमुख ३ दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको आह्वानमा पार्टी कार्यालय सानेपामा बसेको नेपाल...

च्याम्पियन्स र युरोपा अनिश्चित

न्योन । युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ...

कोरोनाको त्रासदी : विद्यमान मानवीय मूल्यको विखण्डन

दोस्रो विश्वयुद्धपछि मानवीय जीवनमा आएको सबैभन्दा ठूलो विपद् कोभिड–१९, अर्थात् कोरोना भाइरसको विश्वव्यापी प्रकोप नै हो । दोस्रो विश्वयुद्धपश्चात् पनि विश्वमा विभिन्न विपद्जन्य घटनाले...

असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।...

आयो समीपको म कैदी प्रेमको भिडियो

पोखरा । नेपाली साहित्यका गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको...’ म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)