Friday, June 18, 2021
Home Editor-Picks २० प्रतिशत छुटमा खाद्यान्न किन्नेको भिड बढेपछि कुपन प्राणाली लागु

२० प्रतिशत छुटमा खाद्यान्न किन्नेको भिड बढेपछि कुपन प्राणाली लागु

कौशिला कुँवर,

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य वस्तु खरिद गर्न आउनेको भिडभाड बढेपछि कुपन प्राणाली लागु गरेको छ । कोरोना संक्रमणको महामारीमा भिडभाडलाई व्यवस्थापन गर्न समस्या भएपछि कम्पनीको कार्यालय थापाथलीमा कुपन प्राणाली लागु गरेको हो ।

कम्पनीका अनुसार कुपन प्राणाली लागु गरेपछि लाइन बस्नु पर्दैन । सामाजिक दुरी कायम गरेर जहाँसुकै बस्न पाइन्छ । आप्mनो नम्बर आएपछि उपभोक्ताले विक्री कक्षमा गएर सामान किन्न सक्छन् । कुपल प्राणालीबाट कम जनशक्तिले पनि धेरैलाई सेवा लिन सक्ने भएकाले पनि यो प्राणाली लागु गरेको थापाथली कार्यालय प्रमुख ज्ञान थापाले बताइन् ।

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट बिक्री हुने दैनिक उपभोग्य वस्तु खरिद गर्दा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दा खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्तलाई २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गले विक्री गर्दै आएको चामल, पिठो, दाल,नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मुल्यमा २० प्रतिशत छुट व्यवस्था गरेको छ । सरकारले बजेट व्यवस्था गरे अनुसार खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गले २१ जेठ देखि २० प्रतिशत छुटमा खाद्यन्न विक्री वितरण गर्न थालेको हो ।

थापाथली कार्यालय प्रमुख ज्ञान थापाले छुटमा खाद्यान्न खरिद गर्ने आउनेहरुको भिडभाडलाई व्यवस्पान गर्न समस्या भएपछि कुपल प्राणाली लागु गरेको बताइन् । उनले कुपल प्राणाली लागु गर्दा भिड व्यवस्थापन गर्न धेरै सहज भएको बताइन् । थापाथली कार्यालयमा मंगलबार देखि कुपन प्राणाली सुरु भएको जानकारी दिँदै थापा भन्छिन् ‘खाद्यान्न किन्न आउनेको लाइन व्यवस्थापन पर्ने धेरै गाह्रो भयो त्यसकारण हामीले कुपन सुरु ग-यौं ।’

खाद्यान्न किन्नेको लाइन माइतीघर सम्म पुगेपछि कुपन प्राणाली सुरु गरेको उनको भनाई छ । कुपन सुरु भएपछि मंगलबार मात्र थापाथलीबाट १ सय २९ जानले खाद्यान्न खरिद गरेर लगेको जानकारी दिइन् । कम्पनीका अनुसार चार दिनमा २ लाख ९९ हजार रुपैयाँको खाद्यान्न कारोबार भएको छ भने ५ सय ६९ घरपरिवारले सेवा लिएका छन् । साल्ट ट्रेडिङ्ग कर्पाेरेसनका नायब कार्यकारी निर्देशक कुमारराज राजभण्डारीले २० प्रतिशत छुटमा करिब ३ हजार घरपरिवार १७ लाखको सामाग्री खरिद गरेर लिएको बताए ।

खाद्य व्यवस्था कम्पनीले थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट खाद्यवस्तु बिक्रीवितरण गरी रहेको छ । जिल्लाका हकमा कम्पनीका कार्यालय तथा बिक्री कक्ष रहेका स्थानबाट बिक्री हुने गरेको छ । प्रतिपरिवारका दरले उपलब्ध यो छुट सुविधाका खाद्य वस्तु किन्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कागजात चाहिन्छ ।

यसैगरी साल्टले कोटेश्वर, पाटन, सतुंगल, कालीमाटी र भक्तपुरमा रहेका आउटलेटबाट छुट दिने गरेको छ । उक्त आउटलेटबाट परिचयपत्रका आधारमा एक परिवारले पिठो दुई केजी, चिनी दुई केजी, नुन दुई केजी, भटमासको तेल एक लिटर र खाना पकाउने ग्यास एक सिलिन्डर (खाली सिलिन्डर एसटीसी ब्रान्ड नै सोधभर्ना गर्नुपर्ने) खरिद गर्न सक्ने छ ।

साल्टले छुट लिन नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा परिवारका सदस्यहरूको नाम र संख्या उल्लेख गरी १ प्रति बुझाउनुपर्ने हुन्छ । सरकारले घोषणा गरेको २० प्रतिशत छुटमध्ये ८० प्रतिशत अर्थ मन्त्रालय र २० प्रतिशत सम्बन्धित कम्पनीले नै बेहोर्नुपर्ने व्यवस्था गरेको छ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

  पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश...

कोरोना संक्रमितलाई राहत

  काठमाडौं । दाङको बबई गाउपालिकामा दिगो बिपद ब्यवस्थापन संस्थाले कोरोना पोजेटिभ, अति विपन्न, अशक्त, असहायका लागि राहत वितरण गरेको छ । एकल, वृद्धलगायत असहायहरुका लागि...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

ट्रेन्डिङ

वडाध्यक्षसहित नेकपाका दुई नेता निलम्बन

कालिकोट । सडक निर्माणका विषयमा विवाद हुँदा, गाउँपालिका अध्यक्षलाई ढुङ्गा प्रहार गरी घाइते गर्ने वडा अध्यक्ष र नेकपा गाउँ कमिटी अध्यक्षलाई नेकपा कालिकोटले निलम्बन...

लिभरपुल र उल्भ्स एफए कपको चौथो चरणमा

लन्डन । एस्टन भिल्लामाथि सहज जित निकाल्दै लिभरपुलले एफए कपको चौथो चरणमा पुगेको छ । एस्टन भिल्लालाई लिभरपुलले ४–१ गोल अन्तरले पराजित गरेको हो...

कोरोना आशंकाको पहिलो परीक्षण रिपोर्टः ‘नेगेटिभ’

बागलुङ । कोरोना भाईरस संक्रमण आशंकामा बागलुङबाट पहिलो पटक नमुना परीक्षणको लागि पठाइएको ‘स्वाब’को रिपोर्ट नेगेटिभ आएको छ । भाईरस संक्रमण आशंकामा धौलागिरी...

काठमाडौं आसपासका डाँडा पनि भरिए हिउँले

काठमाडौं । दुई दिनदेखि मुलुकभरको मौसममा बदली भइरहेको छ । केही स्थानमा वर्षा र हिमपात भएको छ भने तराईका जिल्लामा शीतलहर बढेको छ । मुलुकभर...

सानिमा इन्स्योरेन्सले ३० लाख कित्ता सेयर जारी गर्ने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको छ । सभामा आव...

मास्क र सेनिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ

जनकपुरधाम । जनकपुरमा माक्स र सेनिटाइजरको अभाव रहेको स्थानीय प्रशासनमा गुनासो बढेपछि बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी...

राखेप सदस्यमा ६ जना मनोनित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६ जना सदस्य मनोनीत गरेका छन् । सदस्य सचिव सिफारिस समितिमा...

‘पिरती’मा रोमान्टिक नजिर र सुशिला

काठमाडाैं ।  गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'पिरती' बोलको गीतमा अम्बिका गुरुङको...

पारिश्रमिक कटौतीमा रोनाल्डो राजी

रोम । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वमा यसको ठूलो प्रभाव परेको छ । यसले विश्व अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्ने निश्चित...

प्रदेश राजधानीको सडक बेहाल

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोकदेखि हस्पिटल लाइनसम्मको सडक खाल्डाखुल्डीले बेहाल भएको छ । वर्षायाममा पानीले परेका ठूला–ठूला खाल्डाखुल्डीले यो बाटो प्रयोग गर्ने...

सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री निवासमा डाकिएको छ । नेपाल कम्युनिष्ट...

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजेसम्म खोल्न पाइने

ललितपुर । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ । बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)