Friday, June 18, 2021
Home अर्थ लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? डुब्नु हाेला है !

लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? डुब्नु हाेला है !

रमेश लम्साल,

 

काठमाडौँ ।  के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ ? यदि छ भने तपाईले कमाउने होइन, लगानी गरेको रकम समेत गुमाउन सक्नुहुन्छ ।

पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले शेयर बजारमा लगानी गर्दा लहैलहैमा लागेर वा हल्लाको भरमा लगानी नगर्न आग्रह गरेको छ ।

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण गर्दैन । तर, बजार लगातार उकालो लाग्दा धेरैलाई खुसी नै लाग्छ । कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुरै नबुझी शेयर बजारमा लगानी गरिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दुई हजार ९६० अङ्कमा पुगेको छ ।

बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।

पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुन बोर्डले आग्रह गरेको छ ।

बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक तरिकाले वृद्धि भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । यस्तै, २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत एक वर्षको अवधिमा साँढे तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ ।

बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेका छन् ।

गत असारमा अनलाइन कारोवारका लागि ३५ हजारले युजर आइडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई छ लाख ६० हजार पुगेको छ । औसतमा छ लाख लगानीकर्ता कारोवारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ ।

चालु आवको दश महिनामा मात्रै धितोपत्रको प्राथमिक बजार मार्फत रु ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासको उच्च हो । नेप्से परिसूचक गत असारमा एक हजार ३६२ बिन्दुबाट हाल करिब दुई हजार ९०० को बिन्दुमा पुगेको छ ।

यस्तै, बोर्डका प्रवक्ता निरज गिरीका अनुसार बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा घटबढ देखिसकिएकाले लगानीकर्ताले आफनो जोखिम बहन गर्न सक्ने क्षमतालाई हेरेर सुझबुझपूर्ण तरिकाले निर्णय गर्नु आवश्यक छ ।

धितोपत्रको दोस्रो बजारमा कारोवारको वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर टे«डिङ भएका गुनासा प्राप्त भएको बोर्डको भनाइ छ । सो बारेमा बोर्डले आवश्यक अध्ययन समेत गरिरहेको छ ।

अध्ययनका लागि केही समय लाग्ने भन्दै बोर्डले धितोपत्र लगानीसम्बन्धी ऐन, २०६३ ले गर्न नहुने भनेर निदृष्ट गरेको क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराएको छ ।

लगानीकर्तालाई देशको आर्थिक परिदृश्य सूचीकृत कम्पनीको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण प्रति शेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ । बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत हेरेर लगानी गर्न बोर्डले सबैलाई आग्रह गरेको छ ।

बोर्डले लहैलहैमा नलागी लगानीसम्बन्धी निर्णय गर्न विशेष अनुरोध गरेको छ । लगानीको निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनकिो हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गर्न बोर्डले सुझाएको छ ।

धितोपत्रको दोस्रो बजारमा शेयर कारोवार विद्युतीय माध्यमबाट घरमै बसी बसी भइरहेको छ । हाल करिब ९० प्रतिशत कारोवार सोही माध्यमबाट भइरहेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ । बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दा जोखिम पनि हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न आग्रह गरिएको बोर्डका प्रवक्ता गिरीले जानकारी दिनुभयो । रासस

(Visited 279 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

ट्रेन्डिङ

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” नेपाली जनमनमा...

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय...

होटल, रिर्सोट र कटेजले होमस्टे सङ्कटमा

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल,...

नेपालमा इन्धनको मूल्य बढेर जाने प्रवृत्ति

२० फागुन २०७४ देखि अन्तर्राष्ट्रिय स्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा...

विप्लव नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

काठमाडौं । विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् । चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भ-याङबाट लडेपछि...

ललितपुरबाट मास्क जफत

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ...

कछुवाको गतिमा कोरोना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) स्थानीयस्तरमा फैलिने क्रम सुरु भए पनि सरकारले गर्दै आएको परीक्षण कार्य कछुवाको गतिमा अघि बढेको छ । द्रुतगतिमा परीक्षण...

घरमा खरको छानो भएकालाई जस्तापाता दिइने

बुुटवल  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि...

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा...

कोरोना संकटविरुद्ध छैन दलीय एकता

काठमाडौं । देशको हरेक राजनीतिक घटनाक्रम र परिवर्तनका लागि मिल्ने राजनीतिक दलहरू कोरोना संक्रमणको विश्वव्यापी संकटको सामनामा भने चुक्दै आएका छन् । गत फागुनबाटै नेपालमा...

उपचारमा ढिलाइ गर्नेलाई छुट छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा...

‘अश्लील तीज गीत निकाल्नेलाई कारबाही गरिरहेका छौं’

काठमाडौं । पहिले तीजको बेलामा चेलीबेटीले गाएका तीज भाका सुन्न पाइन्थ्यो । तर, आजकाल तीज गीतमा चेलीभन्दा चेलाहरू हाबी हुन थालेका छन् । आजकाल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)