Friday, June 18, 2021
Home अर्थ डलर कारोबार स्वीकृति लिन राष्ट्र बैंक पुग्न नपर्ने

डलर कारोबार स्वीकृति लिन राष्ट्र बैंक पुग्न नपर्ने

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन र विदेशी लगानीका कम्पनीले पाउने लाभ फिर्ता लैजान सहजीकरण गरेको छ । जसका कारण अब राष्ट्र बैंक नपुगी बैंकबाटै लगानी फिर्ता गर्न सकिनेछ । मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंकले मंगलबार ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ जारी यस्तो नयाँ व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यस्तो यो व्यवस्थाका कारण अब उद्योग विभाग र लगानी बोर्डबाट विदेशी लगानीको स्वीकृति लिएपछि राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । यो निकै ठूलो सुधार हो । नभए ससाना लगानी भित्र्याउन पनि राष्ट्र बैंकमा स्वीकृति लिन जानुपर्ने बाध्यता थियो । राष्ट्र बैंकका अनुसार विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखांकन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखांकन गर्न सहजीकरण गरिएको छ ।

विनियमावलीमार्फत विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वकृति प्राप्त गरेपश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य नहुने व्यवस्था गरेको छ । तर, विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व अनुसूची २ को ढाँचामा एकाइमा लिखित जानकारी दिनुपर्ने व्यवस्था भने अनिर्वाय गरिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अब यसले लगानीकर्तालाई सहजीकरण गरिएको, विदेशी लगानी भित्र्याउने र यसले लाभ फिर्ता लैजान सहजीकरण गरिएको बताए । उनका अनुसार विदेशी लगानी भित्र्याउने सम्बन्धमा आएका यस अघिका गुनासोलाई सम्बोधन गर्दै अब उद्योग विभागबाटै स्वीकृति लिए पुग्नेगरी सहजीकरण गरिदिएको हो । यो व्यवस्थाबाट विदेशी लगानी वा मुद्रा भित्र्याएको लगानीकर्ताले ६ महिनाभित्र तोकिएको ढाँचामा उद्योग विभागमा निवेदन दिई विदेशी लगानीको लेखांकन भने गराउनुपर्नेछ ।

विनियामावलीले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिमा पनि सहजीकरण गरेको छ । विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, मुनाफा वा लाभांशको रकम, रोयल्टीबापतको रकम, लिज रेन्ट, हर्जाना वा क्षतिपूर्तिबापतको रकम लैजान राष्ट्र बैंकबाट स्वीकृति प्रदान गरिने व्यवस्था भएको छ । विदेशी लगानीबापत भित्रिएको विदेशी मुद्राको लेखांकन २० लाखसम्म एकाइ संयोजक वा विदेशी लगानी विनिमय विभागका उपनिर्देशकबाटै हुने भएको छ ।

विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्नेलगायतका विषयलाई व्यवस्थित तथा सहजीकरण गरिने पनि उल्लेख छ । विदेशी लगानी आकर्षित गर्न एवं आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न वाञ्छनीय भएको उल्लेख गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी यो विनिमावली तय गरेको राष्ट्र बैंकले जनाएको छ ।

६ महिनाभित्र लेखांकन गराउनुपर्ने नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विदेशी लगानी भित्र्याउने र लेखांकन गर्ने व्यवस्था, विदेशी लगानीको स्वीकृतिलाई राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने, विदेशी लगानी भित्रिएको ६ महिनापछि मात्रै विदेशी लगानीको लेखांकन गराउनुपर्ने व्यवस्था भने गरिएको छ । विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृति लिन सहजीकरण गरिएको विदेशी ऋणको पूर्वस्वीकृति लिन नपर्ने सहतिका व्यवस्था गरेको सो विनियमावलीमा उल्लेख छ ।

यसैगरी, अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य नपर्ने व्यवस्थासमेत भएको छ । विदेशी लगानीकर्ताले पेस गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाणसहित सञ्चालक समिति÷उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य नगरिने व्यवस्था पनि गरिएको छ ।

नेपाल भित्रिएको विदेशी ऋणलाई लेखांकन गराउन ऋणीले अनुसूची–१३ बमोजिमका कागजात संलग्न गरी विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र अनुसूची–१४ बमोजिमको ढाँचामा एकाइ वा विभागमा निवेदन पेश गर्न‘पर्ने व्यवस्था भने गरिएको छ । यो विनियमावली लागू हुनुपूर्व भित्रिएको तर, लेखांकन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखांकनका लागि समेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र उपविनियम (१) बमोजिमको कागजात सहित एकाइ वा विभागमा निवेदन पेस गर्न‘पने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

ट्रेन्डिङ

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

भोजपुर । भोजपुरको पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइपावरमा काम...

नेकपा स्थायी कमिटी बैठक बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी...

कोरोनाको संक्रमण रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । चीनबाट फैलिएकोे कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

एक ढिक्का भएर अघि बढ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई लिएर भएको बहुमत र अल्पमतको सीमारेखा अब सांगठनिक स्वरूप ग्रहण गर्नतिर त जाँदै छैन भनेर सबैलाई...

विपक्षी दलको रणनीति : केन्द्रकै गठबन्धन प्रदेशमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध केन्द्रमा बनेको विपक्षी गठबन्धन प्रदेश सरकारमा समेत बन्ने देखिएको छ । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूह...

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य...

थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

काठमाडौं । देशभरमा आज २ हजार ९३३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार १५० सङ्क्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ३७ हजार...

अन्तर्राष्ट्रिय वादोकपमा नेपाललाई ९ स्वर्ण

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्णसहित ११ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले आयोजना...

स्थानिय तह सबै भन्दा भ्रष्ट : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघ, प्रदेश र स्थानीय सरकारमा भइरहेको भ्रष्टाचारका प्रवृत्तिलाई चिरफार गर्दै भ्रष्टाचार रोक्न ७२ वटा सुझाव दिएको छ । अख्तियारले...

सुदूरपश्चिममा पहिलोपटक तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक तीन जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । संक्रमित हुने सुरक्षाकर्मीमा दुई जना महिला र...

भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगाती महेश्वरी पेट्रोल पम्प नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान करीब २ः१५ बजे अरनिको राजमार्ग...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)