Friday, June 18, 2021
Home विदेश सुत्केरी महिला वास्तविक उमेरभन्दा किन बढी देखिन्छन् ?

सुत्केरी महिला वास्तविक उमेरभन्दा किन बढी देखिन्छन् ?

एजेन्सी,

क्यालिफोर्निया । बच्चा जन्मिएको सुरुवाती ६ महिनामा सुत्केरी महिला आफ्नो वास्तविक उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिने एउटा अध्ययनले देखाएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनले निकालेको निष्कर्ष यो छ कि नवजात शिशुको हेरविचार गर्दा र उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्दा यस्तो देखिएको हो ।

यो शोधको अध्ययन गर्ने दलमा डा. जुडिथ क्यारोल पनि थिइन् । उनले भनेकी छन्, ‘बच्चा जन्मेपछि आमाको स्वतन्त्र जीवन नै हुँदैन, उनीहरूको हेरविचारमै आमाको समय बित्छ, जस्तै ः आधा रातमा बच्चालाई दूध खुवाउनु, उनीहरूको डायपर फेर्नु आदि । हेरविचारमा पर्याप्त समय दिनुपर्ने भएकाले आमाको निद्रा पनि पूरा हुन पाउँदैन । जसले गर्दा आमाको वास्तविक उमेरभन्दा धेरै बढी देखिन गएको हो ।’

अध्ययनको निष्कर्ष यो पनि छ कि बच्चा जन्मिसकेपछि बच्चाका आमाले शिशुको स्याहारमा बढी समय बिताउनुुपर्ने हुनाले थकान पनि बढी हुन जान्छ । त्यसैले मौका पाउनेबित्तिक्कै सुतिहाल्नुपर्छ । यसले पनि थकान घटाउन धेरै मद्धत गर्छ । अर्काे कुरा, शिशुको स्याहारमा आफू मात्र होइन, परिवारका अरू सदस्यले पनि सघाउनुपर्छ । यसले सुत्केरी महिलामा बढी भार पर्न कम हुन्छ ।

अध्ययनका क्रममा सो टोलीले एक वर्षका बच्चाका ३३ आमामाथि सोधपुछ गरिएको थियो । जसअन्तर्गत बच्चा जन्मिएपछि कति निदाउनुभयो भनेर पनि सोधिएको थियो । तीमध्ये आधाले पर्याप्त सुत्न नपाएको जवाफ दिएका थिए ।
यस्तै, अनुसन्धानका लागि उनीहरूको रगतको नमुना पनि लिइएको थियो । जसबाट उनीहरूको उमेरमा तीव्र रूपमा वृद्धि भएको, अन्य रोगको संकेत पनि देखिएको थियो ।

अध्ययनको निष्कर्ष यो पनि छ कि, बच्चा जन्मिएको सुरुको ६ महिना निकै महŒवपूर्ण छ । यतिबेला निद्राको अभावमा रोगको खतरा पनि बढ्छ । त्यसपछिका महिनामा भने निद्राको अभावको खासै प्रभाव देखिएन ।

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

बाढीपहिरो पीडितलाई राहत पु-याऊ

बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

चलचित्रकर्मी झन् अन्योलमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले...

ट्रेन्डिङ

नेपाललाई विश्व रग्बीको सदस्यता

काठमाडौं । नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ । विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको...

कोरोना जोखिम : जनस्वास्थ्यका मापदण्ड उल्लंघन बढ्दो

काठमाडौं । जनस्वास्थ्य मापदण्ड उल्लंघन हुँदा कोरोना भाइरस जोखिम थप बढ्ने भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९...

मोटरसाइकलले लियो साइकल यात्रीको ज्यान

सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रुको ज्यान गएको छ । शनिबार बिहान १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई...

छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी...

कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना...

आईपीएलः चेन्नाई लयमा फर्कदै

युएइ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । पहिलो खेल सनराइजर्स हैदरावादलाई मुम्बइ इन्डिन्सले पराजित गर्यो । पहिलो खेलमा...

वाटमोरलाई क्यानको तीन सर्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी एक साताअघि...

समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति

वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताएका छन् । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज...

ठेकेदार कम्पनी शैलुङले तेस्रो पटक पनि मल ल्याएन

काठमाडौँ । सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको...

नेपाल टेलिकम १६औं वार्षिकोत्सव : ३३ अर्ब राजस्व सरकारलाई प्रदान

काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपाल टेलिकमले कर र गैरकरबापत २५ अर्ब ७६ करोड र डिभिडेन्डबापत ७ अर्ब ५५ करोड...

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

गाजा सिटी ।  प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको...

नदी करिडोर सुधारमा सरकारको सक्रियता

काठमाडौं । सरकारले पछिल्लो समय काठमाडौं उपत्यकाको नदी करिडोरका सडक मर्मत, सम्भार तथा विस्तारमा सक्रियता बढाएको छ । काठमाडौं उपत्यकाका विभिन्न नदी करिडोर सडक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)