काभ्रेमा बस दुर्घटना, ३० जना घाइते, ६ को अवस्था गम्भीर

काभ्रे । जिल्लाको कोशीपारीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रे जिल्लाको चौरीदेउरालीमा दुर्घटना भएको हो ।

बसले साइड दिने क्रममा बस दुर्घटनामा परेको स्थानियले जानकारी दिएका छन् । घाइतेहरुमध्ये गम्भीर ६ जनालाई धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको भइएरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । उद्धार जारी रहेकोले घाइते थपिन सक्ने प्रहरीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी