सिटि रिक्सा लिएर राती राती चोर्ने गिरोह पक्राउ

 

सप्तरी,राजविराज । निषेधाज्ञाको समयमा पनि सिटी रिक्साको प्रयोग गर्दै चोरीमा संलग्न रहेको एक गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ बस्ने २८ वर्षिय महेश यादव,उनका मामा पर्ने सोही गाउँपालिका वडा नं.१ का २४ वर्षका रामदयाल यादव तथा राजविराज नगरपालिका वडा नं.६ का १९ वर्षिय सुभाष यादवलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुले गत शनिबार राती राजविराज ४ स्थित मेनरोडमा रहेको आरके कम्यूनिकेशनको सटर फोरेर पाँच लाख मूल्य बराबरको मोबाईल तथा आठ हजार नगद चोरेर लगेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । चोरी भएको पसलको सिसि टिभि फूटेजका आधारमा उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरिएको काफ्लेको भनाई छ । सिसि टिभिको फूटेजका आधारमा प्रहरीले शुक्ष्म अनुसन्धानका क्रममा महेशलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । त्यस पछि गरिएको केरकारका क्रममा रामदयाल र उनका साथी सुभाषको पनि चोरीमा संलग्नता रहेको खल्न आएको डिएसपी काफ्लेले जानकारी दिएका छन् ।

उनीहरुलाई पनि घरबाटै पक्राउ गरिएको हो । चोरीका नाईके महेश र सुभाषले रेकी गर्ने तथा रामदयालले चोरीका सामान सिटि रिक्सामा ओसार पसार र बेचबिखन गर्ने गरेको प्रहरीको कथन छ । रातका समयमा सिटि रिक्सा लिएर निस्कने र मौका हेरेर चोरी गर्ने काममा उक्त गिरोहको संलग्नता रहेको खुल्न आएको डिएसपी काफ्लेले बताए । बिगतमा भएका कतिपय चोरीका घटनामा पनि उनीहरुको संलग्नताको दाबीका साथ स्थानीयले छानबिनको माग गरेका छन् । पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी