Friday, June 18, 2021
Home अर्थ चुरे संरक्षण विरुद्धमा कुनै सम्झौता हुँदैन : अर्थमन्त्री पौडेल

चुरे संरक्षण विरुद्धमा कुनै सम्झौता हुँदैन : अर्थमन्त्री पौडेल

काैशिला कुँबर,

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट पारेका थिए । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रमा कुनै पनि दोहन हुन नदिने बताए । उनले चुरे क्षेत्रसँग सम्बन्धित नभएको विषयलाई चुरेसँग जोडेर राजनीति नगर्न आग्रह गरे । उनले खानी विभागले पहिचान गरेका स्थानबाट मात्र वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य सामग्री उत्खनन हुने बताए ।

चुरेको प्रश्नमा तथ्यलाई छोडेर तर्कमा प्रवेश नगर्न आग्रह गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले वातावरण र प्राकृतिक सम्पदाको संरक्षणमा प्रतिकूल हुने स्थानमा नभई वैज्ञानिक हिसाबले उपयुक्त स्थान मात्र उत्खनन् हुने जानकारी दिए । उनले प्राकृतिक सम्पदाको संरक्षणमा कसैसँग पनि लेनदेन हुन नसक्ने भन्दै प्राकितक स्रोत दोहन गर्नेलाई कडाइका साथ कारवाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले खानीजन्य सामग्रीको निकासीबारे केहीले छिमेकी मुलुकसँग जोडेर हेर्न खोजेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका थिए । उनले पूर्वदेखि पश्चिम क्षेत्रमा रहेका चुरेको संरक्षण गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै हिमाल र महाभारत क्षेत्रको संरक्षणमा पनि उत्तिकै ध्यान दिने बताए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले सिद्धबाबा क्षेत्रको डाँडो काट्ने, खन्ने र उत्खनन गर्न नदिने व्यक्ति आफै रहेको बताउँदै सिद्धबाबामा सुरुङ्ग मार्ग निर्माण प्रकृया अघि बढेको र सोको लागि बजेट विनयोजन भएर टेण्डर प्रकृयामा रहेको समेत जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले तराईँलाई मरुभूमिकरण हुन नदिन सरकारले प्रत्येक वर्ष चुरे संरक्षणका लागि डेढ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको भन्दै वैज्ञानिक रुपमा खानीजन्य सामग्रीको उत्खनन गर्नुपर्ने बताए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका अध्यक्ष डा. किरण पौड्यालले खानी उत्खनन् भन्दैमा पूर्व पश्चिमको चुरे नपर्ने स्पष्ट पार्दै चुरे क्षेत्रमा खानी उत्खननको प्रस्ताव आए रोक्ने बताए ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले भौगोलिक र वैज्ञानिक हिसाबले खानी निकाल्न सकिने ठाउँमा मात्र उत्खनन गर्न सकिने भन्दै पहिला देशभित्रको आवश्यकतालाई पूरा गर्ने र त्यसपछि निर्यात पनि गर्न सकिने धारणा व्यक्त गरे । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले चुरेमा खानी पर्दैन भन्नुहुँदै विकास र संरक्षणको माध्य मार्गबाट अघि बढ्न जरुरी रहेको बताए ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले चुरे क्षेत्रमा नपर्ने गरी खानीहरुको पहिचान गरिएको भन्दै खानी भएका ठाउँमा पनि वन तथा वातावरणीय न्यून प्रभाव हुने गरी मात्र काम हुने जानकारी दिए । कार्यक्रममा डा. तिर्थबहादुर श्रेष्ठले महाभारतमा खानी निकाल्दा पनि त्यसको प्रत्यक्ष असर चुरेमा पर्ने बताए ।

डा. विनोद भट्टले सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक पाटोमा अनुभव नभएकाले पाइलटिङ गरेर मात्र कार्यक्रम अघि बढाउन आवश्यक भएको धारणा व्यक्त गरे । डा. विजयसिंह दनुवारले चुरे वरदार र अभिसाप दुवै भएको भन्दै खानीबाट पनि चुरे प्रभावित हुने बताए ।

पूर्व अर्थसचिव रामेश्वर खनालले पहिला देशभित्र ढुङ्गा, गिट्टी, बालुवाको आवश्यकता पूर्ति गर्नु पर्ने बताए । भूगर्भविद मेघराज घितालले वैज्ञानिक रुपमा खानी उत्खनन गर्दा समस्या नहुने भन्दै जथाभावी रुपमा निकाल्दामात्र समस्या हुने बताए । पत्रकार चन्द्र किशोरले सरकार अभिभावक भएकाले सिमित व्यक्तिलाई फाइदा हुन सक्ने विषयमा सचेत हुनु पर्ने भन्दै महाभारत क्षेत्रमा खानी उत्खनन् गर्दा पनि चुरेलाई असर पर्ने बताए ।

(Visited 40 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

ट्रेन्डिङ

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।...

खुल्न थाले सार्वजनिक सवारीसाधन

काठमाडौँ । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका...

सप्तरी र उदयपुरमा सङ्क्रमित भेटिएपछि सिरहा नाका बन्द

लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना...

काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

कारोनाको प्रभाव : आयोडीन नुनबन्द हुने हल्लामा नुनलिनेको भिड

बझाङ । विश्व भरि कोरोनाको संक्रमण फैली रहेको बेला यसको प्रभाव बझाङमा समेत परेको छ । छिमेकी देश चिन संगै भारतमा कोरोना फैलिरहेको समयमा...

नेकपा माओवादी पुनर्गठन भएको दावी

भक्तपुर । जनयुद्द र जनभावनाको मुद्दा नेकपाले सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको दावी गरिएको छ । मंगलबार भक्तपुरको रफत संचार...

राजधानीकर्मी चौलागाईसहित तीन पत्रकारलाई सम्मान

दोलखा । भीमेश्वर नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । नगरको विकास निर्माण, सेवा प्रवाह...

धनकुटा एमालेमा नेपाल–खनाल समूहको समानान्तर जिल्ला कमिटी

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा...

मालबाहक गाडी बायाँ लेनमा मात्र

काठमाडौं । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन सुर्यविनायक–जडिवुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ...

पीएसजी र लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई...

बुहारीलाई छोरी सहर व्यवहार गर्न भिडियो निर्माण

काठमाडौं । लकडाउनका कारण घरमा बसेका श्रोता दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने उद्देश्यले गायिका स्वरुपा रसाइलीले आफ्नो नयाँ गीत जसले मलाई...को भिडियो बिहीबार रिलिज गरेकी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)