Thursday, August 5, 2021
Homeप्रदेशमिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

सुजीतकुमार झा,
sharethis

 

जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भएको छ । वटसावित्री पर्वमा पनि कोरोनाको असर देखिएको छ । वरको रुख नजिक गरिने सो पर्वमा महिलाहरुको ठूलो भीड लाग्ने गथ्र्यो तर, यसपाली त्यस्तो खासै देखिएनन । सोशल डिस्टान्सलाई महिलाहरुले निकै ध्यान दिए । अधिकांश व्यक्तिले घरमै वरको रुख स्थापना गरी पूजा गरेका छन । ‘पहिला हामी राम मन्दिरमा गएर पूजा गथ्र्यो तर यसपाली घरमै गर्र्यो ।’ जनकपुरधाम ४ का जयमंगला देवी झाले वताइन् ।

पतिको दिर्घायुको पर्व भएकाले महिलाहरु बटसावित्री पर्वमा बरको रुख नजिक विशेष पुजा गर्ने गर्छन् । बरको रुख, नागनागिन र सोमाधोविनको पुजा गरिने परम्परा रहेको छ । वटअर्थात् वरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र वरको रुखमुनि बसेर पतिको दीर्घायुको लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई वटसावित्री पर्व वा वरसाइत पर्व भन्ने गरिएको हो ।

यो पर्वमा महिलाहरुको भीड एकठाउँमा जम्मा हुन नदिन विशेष सर्तकर्ता अपनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धार्मिक मान्यता अनुसार जेठ औशीमा वरको रुखमा ब्रह्मा, विष्णु र महेशको बास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेमा त्रिदेव खुसी हुने धार्मिक विश्वास रहिआएको छ । यस पर्वको अवसरमा विवाहिताले स्नान गरी नवबस्त्र धारण गरेर आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाईका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर वरको रुखमुनि बसेर पूजा गर्ने चलन छ । नागनागिनका लागि धानको लाबा र दुध चढाउने गरिन्छ ।

पहिला मैथिल ब्राह्मण, कायस्थ, देव र स्वर्णकार जातिमा विवाहिता महिलाहरु मत्रै मनाउने गर्थे तर अहिले सबैजातीका महिलाहरु मनाउने गर्छन । नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउनका लागि माइतीबाट नयाँ बस्त्रका साथै विभिन्न प्रकारका कोसेली र माटोको कलात्मक नाग, नागिन, गौँरी र बेहुला–बेहुलीको मूर्ति पठाउने गरिन्छ ।

सर्पको डसाइबाट जोगिने उद्देश्यका साथ नागनागिनको पनि पूजा गर्ने गरिन्छ । अहिले सबै जातका महिलाहरुले यस पर्व मनाउने गरेका छन । महिलाहरु एकठाउँमा बसेर वटसावित्रीको कथा सुन्ने गरेको परम्परा रहेको छ । वरको रुखको पूजा नै प्रकृति प्रेमसंग पनि जोडिएको छ । मिथिलामा कहिले सूर्यको पूजा, कहिले चन्द्रमाको पूजा कहिले वटवृक्षको पूजा यसले मैथिलहरु प्रमृतिप्रेमी रहेको सन्देश दिएको सांस्कृतिविद चन्द्रमोहन झा पड़वाले वताए ।

(Visited 71 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

एमालेमा ९ विभाग, ओली स्कुल प्रमुख

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान महाधिवेशन तयारीमा जुटेकै बेला ९ विभाग गठन गरेको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको...

महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता...

राखेपद्वारा छानबिन समिति गठन

काठमाडौं । फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । एन्फाका...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

ट्रेन्डिङ

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली चल्यो, पाँचको मृत्यु

काठमाडौं । भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी...

विभिन्न जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ललितपुरलगायत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)