किर्ते समिति बनाएर २० लाख खाने वडाअध्यक्षको योजना

वडा अध्यक्ष भाेला सेढाइ

 

नुवाकोट । नुवाकोटको लिख गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भोलाप्रसाद सेढाईले नक्कली उपभोक्ता समिति बनाएर २० लाख रुपैयाँ हिनामिना गर्न खोजेपछि स्थानियवासी आन्दोलित् छन् ।

जलस्रोत सिंचाई कार्यक्रमका लागि २० लाख रुपैयाँ पचाउन वडाअध्यक्ष सेढाईले एकाघरको समिति गठन गरि सरकारी रकम दुरुपयोग गर्ने प्रयाश गरेपछि स्थानिय वडा अध्यक्षको विरुद्धमा आन्दोलनमा उत्रेका हुन् ।

वडा अध्यक्ष सेढाइले सिन्दुरेखोला चाम्खोल्सा खहरे फाँट सिञ्चाई आयोजना जलउपभोक्ता समितिका नाममा माइलो बुबाका छोरा बिरेन्द्र सेढाईको अध्यक्षतामा परिवारका सदस्य समेटेर समिति बनाएका छन् ।

आफ्नै दाजुका साढुदाई रामप्रसाद पाठकलाई उपाध्यक्ष बनाएका छन् भने भजित सैलेन्द्र सेढाईलाई कोषाध्यक्ष बनाएका छन् । भाउजु राधा देवी सेढाई सचिव छिन् ।

त्यस्तै सदस्यहरु पनि सबै नातेदार नै छन् । आयोजना समिति अध्यक्ष बिरेन्द्र सेढाईका (वडाअध्यक्षका माइला बुबा), महेन्द्रराज सेढाई, ((माइलो बाका छोरा) गीता उपाध्याय र भगवती अधिकारी सोढाई (भाउजु), सुदर्शन सेढाई (भाई) सदस्य रहेका छन् ।

यसरि सार्वजनिक भयो घटना

गएको बैशाख ३१ गते बिरेन्द्र सेढाईको खेतमा तामझामका साथ काम गर्न थालेपछि स्थानिय युवाहरुले सोधी खोजी गरे । स्थानीय राजनीतिक दलका प्रतिनिधि समेतले वडा अध्यक्ष सेढाईसंग आयोजना’bout जानकारी मागे । वडा अध्यक्षले किर्ते समिति बनाएर काम गरेको जानकारी पाएपछि यो विषयको चर्चा बढी नै भयो । जेठ १ गते स्थानियसंग वडाअध्यक्षले छलफल कार्यक्रम राखे पनि विना निषकर्ष टुंगियो ।

भोलीपल्ट जेठ दुई गते जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयमा स्थानिय अच्युतराज पाण्डेको नेतृत्वमा विवाद समाधान गर्न भन्दै छलफल भयो । स्थानीयले मुहानदेखीकै उपभोक्ता, स्थानियवासी,प्रभावितहरुलाई समेटेर समिति बनाएर विवाद समाधान गर्न भन्दै नयाँ निवेदन दिए ।

त्यति मात्रै हैन सबै समेटिएको नयाँ समिति नबनेसम्म काम रोकी पाउँ भनेर निवेदन दिए । त्यसपछि ९ गतेसम्म स्थानिय सरोकारवाला, स्थानिय जनताले नहरको मुहानदेखी समानुपातिक काम वितरण गर्न भन्दै औपचारिक छलफल गरे तर, वडाअध्यक्ष सेढाई विभिन्न बहाना बनाए, उपस्थित भएनन् ।

स्थानियको विरोध हुँदा हुँदै जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय प्रमुख हरि प्रसाद गुरागाईले आर्थिक प्रलोभनमा परेर सम्बन्धित आयोजनको निरिक्षण नगरी किर्ते समितिलाई बैधानिकता दिने प्रयाश गरे । स्थानियले फेरि विरोध गरे पछि वडा अध्यक्षका दाजु तेज प्रसाद सेढाइले स्थानियलाई ज्यान मार्ने धम्कि दिएको स्थानियको भनाई छ । अहिले स्थानियले ज्यानको सुरक्षा पाउँ भन्दै सम्बन्धित पालिकाको ढिकुरे प्रहरी चौकिमा निवेदन समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार